खोटाङको हुर्लुङमा रेड पान्डा तथा थार महोत्सव [तस्बिरहरू]

वैशाख १, २०८२

डम्बरसिं राई

Red Panda and Thar Festival at Khotang's Hurlung [Photos]

खोटाङ — खोटाङमा रेड पान्डा तथा थार महोत्सव सुरु भएको छ । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर सोमबार उक्त महोत्सव सुरु भएको हो ।पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले हुर्लुङमा उक्त महोत्सव आयोजना गरेको हो । महोत्सवको अवसरमा कलाकार दयाहाङ राईले रेड पान्डा तथा थार ट्रेलको उद्घाटन गरेका छन् । यसका साथै नक्सासमेत लोकार्पण गरिएको छ ।

Red Panda and Thar Festival at Khotang's Hurlung [Photos]

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार राई, विश्लेषक हरि रोका, पूर्व सांसद टंक राई लगायतले पर्यावरणलाई जोगाउदै विकासका गतिविधि बढाउनु पर्नेमा जोड दिएका छन् । प्रकृतिलाई जोगाएर मात्र पर्यटन प्रबर्द्धन हुने वक्ताहरूले बताएका हुन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully