काठमाडौँ — आन्दोलनरत शिक्षकहरुले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरु चैत २० देखि आन्दोलनमा होमिएका छन् ।
देशभरका विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी भएको नेपाल शिक्षक महासंघले बताएको छ ।