यसरी गरियो छावाको न्वारन [तस्बिरहरू]

चैत्र २०, २०८१

रमेशकुमार पौडेल

This is how the siege was done [Photos]

चितवन — हात्तीको बच्चा (छावा) जन्मेको १२ दिनपछि न्वारन हुन्छ । लगत्तै छावाले जंगल यात्राको सुरुवात पनि गर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा जिक खोरसोरमा रहेको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा यस्तो हुँदै आएको छ। चैत ८ गते मध्यरातमा जन्मेको रिमझिमकलीको पहिलो सन्तानको बुधबार न्वारन भयो । न्वारन भएर ‘दीपगज’ नाम पाएको सो भाले छावाले पहिलो पटक जंगल र खोला पनि टेक्यो ।

This is how the siege was done [Photos]

बछौलीका पुरोहित रेशम पौडेलले बुधबार बिहानै खोरसोरमा पूजाको सुरसार गर्दै थिए । रेखी राखेर जग्गे तयार गरेपछि रिमझिमकलीका माहुते रामदयाल चौधरी पूजाका लागि पौडेलका सामुन्ने बसे । उता रिमझिमकलीलाई सिंगार पटार गर्ने काममा ‘शनिगज’को माहुते राजकुमार चौधरी र रिमझिमकलीकै पछुवा दिलिप महतो जुटेका थिए । उनीहरुले रिमझिमकलीको शिररमा र बच्चाको ज्यानमा पनि रंगीन चकले फूलबुट्टा बनाएका थिए ।

This is how the siege was done [Photos]

पुरोहित पौडेलले राशि र नक्षत्र जुराए । हात्ती प्रजनन् तथा तालिम केन्द्रका प्रमुख मनपुरन चौधरीले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तलाई नाम तय गर्न अनुरोध गरे । कसरा निकुञ्ज मुख्यालय आडमा अहिले विक्रमबाबाको पूजा भइरहेको छ । दिनहुँ धूप, दीप, आरती चलेको छ । यस्तो समयमा हात्तीको नाम ‘दीपगज’ राख्नु राम्रो हुने प्रमुख संरक्षण अधिकृत पन्तले बताए ।

This is how the siege was done [Photos]

छावाको नाम दरबारबाटै तोकिएर आउँथ्यो भन्छन् केन्द्रमा २०५१ सालमा जागिर खाएर २०७० सालमा अवकास पाएका केन्द्रका पूर्वप्रमुख रामेश्वरप्रसाद चौधरी । बच्चा भाले हात्ती भए नामका पछाडि गज र पोथी भए कली जोडिन्छ । दरबारले प्राय: जसो राजपरिवारका सदस्यको नाम राखेर पठाउँथ्यो । ०६२/६३ को जनआन्दोनपछि यो क्रम टुटेको हो । २०६३ सालको जेठ ११ मै खोरसोरमा एउटा बच्चा जन्मिएको थियो ।

This is how the siege was done [Photos]

न्वारन सकिएपछि रामदयालले रिमझिमकलीलाई ‘थान’बाट फूकाए । दिलिप हात्तीमाथि चढे, रामदायलले दीपगजलाई सम्हाल्दै अगाडि बढाए । हात्तीको बच्चा जन्मेको आधा घण्टाभित्रै उभिन्छ । एक डेढ घण्टामा हिँड्छ । तर आमाको छाती र भुँडी तलै ओत लागेर बस्न खोज्छ । न्वारनपछि बाहिर निस्केर हिँड्न सिकाउने पहिलो तालिम सुरु भएझैँ हुन्छ भन्छन माहुत रामदयाल ।

This is how the siege was done [Photos]

आन्दोलन सफल भएकै दिन जन्मेको हात्तीको त्यो बच्चाको नाम स्थानीय तवरमै ‘लोकतन्त्रकली’ राखेर खोरसोरमा न्वारनको नयाँ परम्परा सुरु भएको थियो । हात्ती सुत्केरी भएपछि १२औं दिनमा न्वारन हुन्छ । न्वारन नहुँदासम्म हात्तीलाई उ बस्दै आएको ठाउँभन्दा पर नलैजाने माहुत रामदयाल चौधरीले बताए । हात्ती बाँध्ने ठाउँलाई ‘थान’ भनिन्छ । न्वारनअघि हात्तीले ‘थान’ छाड्दैन । माहुते र पछुवाले रात दिन कुरेर स्याहार गर्छन् ।

This is how the siege was done [Photos]

‘थान’ छाडेर जंगलतर्फ बढेको रिमझिमकलीको पाइला दीपगजले धेरै बेर अलमलायो । तैपनि जंगल आडैआड केही बेर हिँडेर रिमझिमकली खोरसोरको बुढी राप्ती खोलामा पौडिन पुग्यो । सुँढले पानी फालेर ज्यान भिजायो । पहिलो पटक पानीमा पाइला राखेको दीपगज आमाको यो गतिविधि नियाल्दै बस्यो । छावा दुई वर्ष पुगेपछि तीन वर्षभित्र तालिम दिन सुरु हुने मनपुरन चौधरी बताउँछन् । तालिम पूरा भएपछि निकुञ्जको पोस्टमा खटाइन्छ ।

This is how the siege was done [Photos]
This is how the siege was done [Photos]
This is how the siege was done [Photos]
This is how the siege was done [Photos]
This is how the siege was done [Photos]

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully