We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
After 12 days of birth, the baby elephant (chava) is born. Soon after, Chhawa also starts the jungle journey. This is happening at the Elephant Breeding and Training Center in Khorsor near Sauraha in Chitwan National Park. The first child of Rimzhimkali, who was born at midnight on 8th Chait, was born on Wednesday. The rooster, which got the name 'Deepgaj' after being brave, for the first time conquered the forest and the river.
बछौलीका पुरोहित रेशम पौडेलले बुधबार बिहानै खोरसोरमा पूजाको सुरसार गर्दै थिए । रेखी राखेर जग्गे तयार गरेपछि रिमझिमकलीका माहुते रामदयाल चौधरी पूजाका लागि पौडेलका सामुन्ने बसे । उता रिमझिमकलीलाई सिंगार पटार गर्ने काममा ‘शनिगज’को माहुते राजकुमार चौधरी र रिमझिमकलीकै पछुवा दिलिप महतो जुटेका थिए । उनीहरुले रिमझिमकलीको शिररमा र बच्चाको ज्यानमा पनि रंगीन चकले फूलबुट्टा बनाएका थिए ।
पुरोहित पौडेलले राशि र नक्षत्र जुराए । हात्ती प्रजनन् तथा तालिम केन्द्रका प्रमुख मनपुरन चौधरीले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तलाई नाम तय गर्न अनुरोध गरे । कसरा निकुञ्ज मुख्यालय आडमा अहिले विक्रमबाबाको पूजा भइरहेको छ । दिनहुँ धूप, दीप, आरती चलेको छ । यस्तो समयमा हात्तीको नाम ‘दीपगज’ राख्नु राम्रो हुने प्रमुख संरक्षण अधिकृत पन्तले बताए ।
छावाको नाम दरबारबाटै तोकिएर आउँथ्यो भन्छन् केन्द्रमा २०५१ सालमा जागिर खाएर २०७० सालमा अवकास पाएका केन्द्रका पूर्वप्रमुख रामेश्वरप्रसाद चौधरी । बच्चा भाले हात्ती भए नामका पछाडि गज र पोथी भए कली जोडिन्छ । दरबारले प्राय: जसो राजपरिवारका सदस्यको नाम राखेर पठाउँथ्यो । ०६२/६३ को जनआन्दोनपछि यो क्रम टुटेको हो । २०६३ सालको जेठ ११ मै खोरसोरमा एउटा बच्चा जन्मिएको थियो ।
न्वारन सकिएपछि रामदयालले रिमझिमकलीलाई ‘थान’बाट फूकाए । दिलिप हात्तीमाथि चढे, रामदायलले दीपगजलाई सम्हाल्दै अगाडि बढाए । हात्तीको बच्चा जन्मेको आधा घण्टाभित्रै उभिन्छ । एक डेढ घण्टामा हिँड्छ । तर आमाको छाती र भुँडी तलै ओत लागेर बस्न खोज्छ । न्वारनपछि बाहिर निस्केर हिँड्न सिकाउने पहिलो तालिम सुरु भएझैँ हुन्छ भन्छन माहुत रामदयाल ।
आन्दोलन सफल भएकै दिन जन्मेको हात्तीको त्यो बच्चाको नाम स्थानीय तवरमै ‘लोकतन्त्रकली’ राखेर खोरसोरमा न्वारनको नयाँ परम्परा सुरु भएको थियो । हात्ती सुत्केरी भएपछि १२औं दिनमा न्वारन हुन्छ । न्वारन नहुँदासम्म हात्तीलाई उ बस्दै आएको ठाउँभन्दा पर नलैजाने माहुत रामदयाल चौधरीले बताए । हात्ती बाँध्ने ठाउँलाई ‘थान’ भनिन्छ । न्वारनअघि हात्तीले ‘थान’ छाड्दैन । माहुते र पछुवाले रात दिन कुरेर स्याहार गर्छन् ।
‘थान’ छाडेर जंगलतर्फ बढेको रिमझिमकलीको पाइला दीपगजले धेरै बेर अलमलायो । तैपनि जंगल आडैआड केही बेर हिँडेर रिमझिमकली खोरसोरको बुढी राप्ती खोलामा पौडिन पुग्यो । सुँढले पानी फालेर ज्यान भिजायो । पहिलो पटक पानीमा पाइला राखेको दीपगज आमाको यो गतिविधि नियाल्दै बस्यो । छावा दुई वर्ष पुगेपछि तीन वर्षभित्र तालिम दिन सुरु हुने मनपुरन चौधरी बताउँछन् । तालिम पूरा भएपछि निकुञ्जको पोस्टमा खटाइन्छ ।
![This is how the siege was done [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chawako-nwaran-2-0242025123354-1000x0.jpg&w=1001&h=0)
![This is how the siege was done [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chawako-nwaran-12-0242025123635-1000x0.jpg&w=1001&h=0)
![This is how the siege was done [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chawako-nwaran-11-0242025123622-1000x0.jpg&w=1001&h=0)
![This is how the siege was done [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chawako-nwaran-10-0242025123614-1000x0.jpg&w=1001&h=0)
![This is how the siege was done [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chawako-nwaran-9-0242025123601-1000x0.jpg&w=1001&h=0)
![This is how the siege was done [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chawako-nwaran-8-0242025123547-1000x0.jpg&w=1001&h=0)
![This is how the siege was done [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chawako-nwaran-7-0242025123528-1000x0.jpg&w=1001&h=0)