लुम्बिनी — नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा चिनियाँ राजदूतावासद्वारा बुद्ध जन्मस्थल लुम्बिनीमा सांस्कृतिक कार्यक्रम देखाइएको छ ।
चीनको लोकप्रिय सिन्वे ब्याण्डका कलाकारको आध्यात्मिक र शान्तिप्रति समर्पित गीत र संगीतको प्रस्तुतिले दर्शकलाई करुणा, मैत्रीभाव र सद्भावको अनुभूति गराएको थियो । त्यस्तै, फिर्ता र छिङताव शैलीको गीत र नृत्यले पनि पनि दर्शक रमाउँदै आनन्दित बनेका थिए ।
![Spectators sway to Chinese music in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chineya-sankritimanoj-photo1-2332025060912-1000x0.jpg&w=1001&h=0)
![Spectators sway to Chinese music in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chineya-sankritimanoj-photo17-2332025062033-1000x0.jpg&w=1001&h=0)