ग्वार्को ओभरपासमा ‘एमएसई वाल’ को प्यानल झिकेर फेरि राखिँदै [तस्बिरहरू]

चैत्र ३, २०८१

विमल खतिवडा, अंगद ढकाल

'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]

काठमाडौँ — ग्वार्को ओभरपासको सातदोबाटोतर्फ राखिएको मेकानिकली स्टेबिलाइज्ड अर्थ (एमएसई) वालको प्यानल झिकिएको छ । ४० मिटर दूरीमा राखिएको वालको प्यानल झिकेर फेरि राख्न थालिएको छ ।

'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]

पटक–पटक म्याद थप्दा पनि ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको थियो । ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नभएको भन्दै पुस १८ बाट निर्माण व्यवसायीले काम ठप्प पारेका थिए ।

'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]

२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिए पनि अहिलेसम्म सकिएको छैन । यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।

'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]

आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो ओभरपास बन्नेछ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम थालिए पनि पूरा भएको छैन ।

'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]
'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]
'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]
'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]
'MSE Wall' panels being removed and re-installed at Gwarko Overpass [Photos]

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully