Tharu community of Chitwan enjoying Dhurheri [Photos]

Chaitra 1, 2081

Ramesh Kumar Paudel

Tharu community of Chitwan enjoying Dhurheri [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Deri dao basi tisi bhatwa, hum zaibo purbe ladai khelnaEkvari banal spear sword, Ekvari lihle banukh bari ha.After Balkumari Mahato of Kalika municipality-5 Padampur Omshanti Chowk started this song on Friday afternoon, the other women in the group joined in with their voices. In the women's hands were dhamfu decorated with peacock feathers. Budhram Mahato and Manakumar Mahato played the dholak, harmonizing the women's voices and drumming. Phaguma Tharu community celebrates Dhurheri by painting colors along with song and dance.

Tharu community of Chitwan enjoying Dhurheri [Photos]

‘आमा मलाई बासी भातै भए पनि दिनुस्, म पूर्वतिर लडाइँ खेल्न हिँडे । एकातिर भाला तरकार र अर्को तिर बन्दुक भिरेको छु भन्ने भाव यो गीतमा छ । फागुमा योसहित अनेक गीतहरू गाउँदै हामी रमाइलो गर्दछौं,’ स्थानीय भीमबली थारू नारी समूहको अध्यक्ष पनि रहेकी बालकुमारीले भनिन् । थारूहरू चितवनको मैदानी क्षेत्रमा बसोबास भएका आदिवासी सहुदाय हुन् । थारूहरूले चितवनमा तीन दिन फागु मनाउँछन् ।

Tharu community of Chitwan enjoying Dhurheri [Photos]

पहिलो दिन समत हुन्छ । बिहीबार साँझ समत सम्पन्न भयो । दोस्रो दिन धुर्हेरी र तेस्रो दिन चैतबारी हुने गर्दछ । थारू अगुवा कारी महतोको अनुसार पुर्णीमाको साँझ समतको विधि पूरा हुन्छ । बाँसका लिंगाहरू गाडेर त्यसलाई तोरीको नल (गट्टे)ले छोपेर गुफा जस्तो बनाएपछि त्यसभित्र बसेर पूजा गरिन्छ । पूजा सकिएलगत्तै जलाइन्छ । समतलाई होलीका दहन भनेर अर्थ्याइए पनि खैरहनीका थारू अगुवा कारी महतोको यसमा फरक मत छ ।

Tharu community of Chitwan enjoying Dhurheri [Photos]

‘समतलाई असत्य पराजित भएको दिनका रूपमा लिइन्छ । यो होलीका दहन हैन यसबारे थारू समुदायमा फरक कथा छ । थारूले मनाउने जितिया पर्वमा सुनिने जितबहानको कथामा यो प्रसंग आउँछ । चिल्हो नाम गरेकी दिदी र सियरो नाम गरेकी बहिनी खरजितिया व्रत बस्दा निष्ठा र विधि कस्ले पूरा गरेको थियो भन्ने कथामा यसको प्रसंग छ’ कारीले भने । अघिल्लो दिन जलाएको समतको भोलिपल्ट बिहानै खरानी उडाउँदै टीका लगाइन्छ ।

Tharu community of Chitwan enjoying Dhurheri [Photos]

थारू समुदायले यसैलाई धुर्हेरी भन्छन् । ‘तर हामीलाई अहिले के अफ्ठ्यारो भएको छ भने चितवनलाई पहाडी जिल्ला अन्तर्गत कायम गरेर फागुमा पहाडमा मनाइने होलीका दिन बिदा दिइन्छ । त्यो दिन त हामी साँझपख समतको विधि पूरा गर्दछौं । दिनभर रमाइलो त भोलिपल्ट पो हुन्छ,’ थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने । धुर्हेरीका दिन बिदा दिन माग गर्दै सभाले विज्ञप्ति पनि निकालेको थियो ।

Tharu community of Chitwan enjoying Dhurheri [Photos]

भरतपुर महानगरपालिका, माडी, खैरहनी र कालिका नगरपालिकाले धुर्हेरीका दिन स्थानीय बिदा पनि दिए । फागुको तेस्रो दिनलाई चैतवारी भनिन्छ । ‘पुरानो चलनमा फाउ पुर्णिमाको भाखा राखेर कारोबार गर्ने चलन थियो । जमिनदारको घरमा बस्नेहरूले पनि ठाउँ सर्ने भए फागु पुर्णिमापछि सर्ने गर्दथे । फागुको उमंगपछि नयाँ कारोबार र नयाँ दिन सुरु भयो भन्ने मान्यता बस्थ्यो,’ बछौलीका थारू अगुवा बासुदेव चौधरीले भने ।

Tharu community of Chitwan enjoying Dhurheri [Photos]

२०७८ सालको जनगणनाअनुसार चितवनको कुल जनसंख्याको १० प्रतिशत थारूहरू रहेका छन् । पहाडी ब्राम्हण र क्षेत्रीपछि तेस्रो स्थानमा थारूहरू छन् । सात पालिका रहेको चितवनमा जनसंख्याका हिसाबले खैरहनी र माडी नगरपालिकामा पहिलो र रत्ननगर नगरपालिकामा दोस्रो स्थानमा थारूहरू रहेका छन् । थारूहरूले खास उल्लासका साथ मनाउने पर्वहरूमा फागु पनि पर्ने थारू कल्याणकारीणी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताए ।

Tharu community of Chitwan enjoying Dhurheri [Photos]
Tharu community of Chitwan enjoying Dhurheri [Photos]
Tharu community of Chitwan enjoying Dhurheri [Photos]
Tharu community of Chitwan enjoying Dhurheri [Photos]
Tharu community of Chitwan enjoying Dhurheri [Photos]

Ramesh

Link copied successfully