शुक्रबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि शनिबार होली हुने
जनकपुर — नेपाल र भारतमा १ सय २० किलोमिटर पदयात्रा गरेर १५ दिने धार्मिक माध्यमिकी परिक्रमा बिहीबार बिहान जनकपुर आइपुगेको छ । परिक्रमाका सहभागीहरु जनकपुरको रंगभूमि मैदानमा दिनभर विश्राम गर्नेछन् ।
टेन्ट र पन्डाल लगाएर बसिरहेका परिक्रमाकर्मीहरु शुक्रबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा गर्नेछन् । अन्तरगृह परिक्रमासँगै १५ दिने १ सय २० किलोमिटर लामो धार्मिक परिक्रमा सकिनेछ ।
![Parikrama arrives at Janakpur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/prikarma-janakpur-ma-5-1332025055915-1000x0.jpg&w=1001&h=0)
![Parikrama arrives at Janakpur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/prikarma-janakpur-ma-11-1332025055940-1000x0.jpg&w=1001&h=0)