Different Holi of Bhaktapur [Photos]

Falgun 29, 2081

Angad Dhakal

Different Holi of Bhaktapur [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Holi is usually associated with the festival of colors and colors. Phagu i.e. Holi is celebrated differently in Bhaktapur from the day of Fagun Shukla Ashtami (last Friday).

Different Holi of Bhaktapur [Photos]

भक्तपुरको दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै मदनोत्सव (प्रेमको प्रतीक) का रूपमा भीमसेनलाई पुज्दै होली मनाइन्छ । मध्यकाल करिब हजार वर्ष पहिलेदेखि भीमसेन मन्दिरमा काठबाट बनेको भीमसेनको लिंग र द्रौपतीको योनिको प्रतीक रातो कपडालाई जुधाएर एक सातासम्म होली पर्व मनाइने परम्परा रहेको छ ।

Different Holi of Bhaktapur [Photos]

भीमसेन गुठीका गायजूहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खङलो वानला ल्यासे, बिस्युवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिंगले मन लोभिएकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भएकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व मनाइने परम्परा छ । संगीतमा रमाउँदै प्रेमपर्व अर्थात् वसन्तको आगमनको सूचकका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म भीमसेनको लिंग र दौपतीको योनिलाई पूजा गरी होली पर्व मनाउने परम्परा रहेको छ ।

Different Holi of Bhaktapur [Photos]

काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीका दिन दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेंला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर परिसरमा पूजा गरी साँझ भीमसेन मन्दिरको पाटीमा झुन्डयाइन्छ । नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने गरिन्छ । चीर स्वायगू अर्थात लिंग घुमाएपछि फागु सुरु हुने परम्परा छ । घुमाएको लिंगलाई स्थानीयले पूजा गर्ने र दान दक्षिणा दिने परम्परा छ । भीमसेनको लिंग पूजा गरे सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास छ ।

Different Holi of Bhaktapur [Photos]

नगर परिक्रमापश्चात भीमसेन मन्दिरमा ल्याएको लिंग र योनि आकारको रातो कपडासमेत मन्दिरमै झुन्डयाइन्छ । झुन्डयाएको लिंग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्छ । यसलाई विकृतिका रूपमा नलिई सांस्कृतिक पहिचानका रूपमा लिइँदै आइएको छ ।फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म पूजा एवं दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्छ ।

Different Holi of Bhaktapur [Photos]

फागु पूर्णिमाको दिन भीमसेनको लिंगलाई बोकेर भक्तपुर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित भीमसेन मन्दिरमै ल्याएर फागु समापन गर्ने परम्परा छ ।

Different Holi of Bhaktapur [Photos]
तस्बिर : रासस
तस्बिर : रासस
Different Holi of Bhaktapur [Photos]
Different Holi of Bhaktapur [Photos]
Different Holi of Bhaktapur [Photos]
Different Holi of Bhaktapur [Photos]
Different Holi of Bhaktapur [Photos]
Different Holi of Bhaktapur [Photos]
Different Holi of Bhaktapur [Photos]

Angad

Link copied successfully