काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न ठाउँबाट र्याली निकालिएको छ । राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ संस्था तथा समूहहरूले ज्ञानेन्द्रको स्वागतमा र्याली निकालेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू ज्ञानेन्द्रको स्वागतमा पुगेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट आउने कार्यक्रम छ । उनी ३ बजे चार्टड विमानबाट आउने बताइएको छ । शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै रहेका छन् ।
![Former King Gyanendra, returning from Pokhara, rallies in various places in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rajabadi-protest-11-0932025103914-1000x0.jpg&w=1001&h=0)
![Former King Gyanendra, returning from Pokhara, rallies in various places in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rajabadi-protest-12-0932025103920-1000x0.jpg&w=1001&h=0)