काठमाडौँ — इस्लाम धर्मावलम्बीहरुले मनाउने रमजान पर्वको रौनक सुरु भएको छ । रमजानको पहिलो शुक्रबार मस्जिदहरूमा नमाज पढ्नेको भीड लागेको छ । इस्लामी पात्रो, हिजरी सम्वत्अनुसार रमजान ९ औं महिनामा पर्छ ।
इस्लामी पात्रोमा यसलाई पूर्ण रूपमा ‘रमजान मुबारक’ लेखिएको हुन्छ । विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमानहरूले अन्य महिनाभन्दा यो महिनालाई पवित्र र महान मान्दछन् । हिजरी सम्वतको आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा मुसलमानहरूले आकाशमा चन्द्रमा हेर्छन् । त्यसदिन चन्द्रमा देखिएमा भोलिपल्ट अर्थात् नवौं महिना रमजानको एक तारिखदेखि रोजा सुरु हुन्छ ।
यो महिनामा विश्वभरका मुसलमान एक महिनासम्म ‘रोजा’ (व्रत) बस्छन् । इस्लामका पाँच आधार स्तम्भहरु मध्ये एक हो– रोजा (व्रत) । यो वर्षको व्रत आइतबारदेखि सुरु भएको हो । रमजान विश्वभरिका इस्लाम धर्माबलम्वीहरुले मनाउने पवित्र महिना हो ।
अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।