हिउँले ढाकियो माथिल्लो रोल्पा [तस्बिरहरू]

फाल्गुन १९, २०८१

काशीराम डाँगी

Snow Covers Upper Rolpa [Photos]

रोल्पा — माथिल्लो रोल्पा यतिबेला सेताम्मे बनेको छ । केही दिनअघि परेको हिउँले थबाङ र सुनछहरी गाउँपालिकामा पर्ने अग्ला डाँडासमेत सेतै देखिएका छन् ।

Snow Covers Upper Rolpa [Photos]

थबाङ गाउँपालिका-४ मा पर्ने गुराँसे क्षेत्रमा बाक्लो हिउँ परेको हो । करिब ३ हजार मिटरको उचाइमा रहेको गुराँसे क्षेत्र र जालाकी क्षेत्रमा बाक्लो हिउँ परेको छ । वडा नम्बर ४ का अध्यक्ष हिक्मतबहादुर घर्ती मगरले ती क्षेत्रमा रहेका भेडी गोठ पनि हिउँले ढाकेको बताए । 'धेरै पछि हिउँ पर्‍यो। वन जंगल र डाँडा सेतै छन्। हिउँ खेल्नेहरु तल्लो उवा र माथिल्लो क्षेत्रबाट मध्यपहाडी लोकमार्ग हुँदै यहाँ आइपुगेका छन्,' उनले भने ।

Snow Covers Upper Rolpa [Photos]

यस्तै, पूर्वी क्षेत्रमा पर्ने माथिल्लो रोल्पाको जलजला, सेरम, गाम, जन्तरे, बिबाङ लगायतका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ। रोल्पाको गाम र प्युठानको सीमा जोडिएको कोठीभिर क्षेत्रमा निकै बाक्लो हिउँ छ। त्यस क्षेत्रसँग सीमा जोडिएको बागलुङको निसी भुजीको माथिल्लो डाँडादेखि बागलुङ, रोल्पा र रुकुम पूर्वको संयुक्त सीमा स्थान पातिहाल्नामा पनि हिउँ छ।

Snow Covers Upper Rolpa [Photos]

रुकुम पूर्वको लुगुम क्षेत्रअघिको मध्यपहाडी लोकमार्गको धेरैजसो भागमा हिउँले सडक नै अवरुद्ध भएको छ। त्यहाँ नेपाल प्रहरीले हिउँ हटाएर सडक सञ्चालन गर्दै आएको छ। लुम्बिनी प्रदेशको अग्लो हिमाल रुकुम पूर्वको सिस्ने हिमाल पनि हिउँले सेताम्मे छ।

Snow Covers Upper Rolpa [Photos]

पर्यटन व्यवसायी जेलबाङ निवासी बाल्कुराम पुनले हिउँ परेपछि वातावरण रमाइलो हुने बताए । 'जंगलमा हराभरा थपिन्छ, खेतीपाती सुध्रिन्छ भने रुखले नयाँ पालुवा निकाल्छ,' उनले भने। हिउँ परेपछि गुरिल्ला मार्ग र जालाकी पैदल मार्गमा चहलपहल बढ्ने उनले बताए । 'अब थबाङ र सुनछहरीदेखि रुकुम पूर्वका तकसेरा र मैकोटसम्म आन्तरिक पर्यटनको गतिविधि बढ्नेछ,' उनले भने ।

Snow Covers Upper Rolpa [Photos]

हिउँ परेपछि रोल्पा-रुकुमका भेडी गोठाला पनि खुसी छन्। जलजला, होमा र मिरुलको माथिल्लो क्षेत्रमा ५ सयजति भेडा पाल्दै आएका होमा चोयाबाङका महिमान पुनले बताए । रोल्पाका होमा, धबाङ, थबाङ, उवा, सेरम र गाम क्षेत्रमा भेडापालन हुन्छ । भेडापालन र चरनका लागि माथिल्लो रोल्पाका जंगल क्षेत्र सजिला मानिन्छन् । यद्यपि पछिल्लोपटक भेडीगोठालाले अन्य पेसा रोज्दै आएका छन्।

Snow Covers Upper Rolpa [Photos]

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully