We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Upper Rolpa has now become Setamme. Due to the snow that fell a few days ago, even the high hills in Thabang and Sunchahari Rural Municipality are seen as white.
थबाङ गाउँपालिका-४ मा पर्ने गुराँसे क्षेत्रमा बाक्लो हिउँ परेको हो । करिब ३ हजार मिटरको उचाइमा रहेको गुराँसे क्षेत्र र जालाकी क्षेत्रमा बाक्लो हिउँ परेको छ । वडा नम्बर ४ का अध्यक्ष हिक्मतबहादुर घर्ती मगरले ती क्षेत्रमा रहेका भेडी गोठ पनि हिउँले ढाकेको बताए । 'धेरै पछि हिउँ पर्यो। वन जंगल र डाँडा सेतै छन्। हिउँ खेल्नेहरु तल्लो उवा र माथिल्लो क्षेत्रबाट मध्यपहाडी लोकमार्ग हुँदै यहाँ आइपुगेका छन्,' उनले भने ।
यस्तै, पूर्वी क्षेत्रमा पर्ने माथिल्लो रोल्पाको जलजला, सेरम, गाम, जन्तरे, बिबाङ लगायतका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ। रोल्पाको गाम र प्युठानको सीमा जोडिएको कोठीभिर क्षेत्रमा निकै बाक्लो हिउँ छ। त्यस क्षेत्रसँग सीमा जोडिएको बागलुङको निसी भुजीको माथिल्लो डाँडादेखि बागलुङ, रोल्पा र रुकुम पूर्वको संयुक्त सीमा स्थान पातिहाल्नामा पनि हिउँ छ।
पर्यटन व्यवसायी जेलबाङ निवासी बाल्कुराम पुनले हिउँ परेपछि वातावरण रमाइलो हुने बताए । 'जंगलमा हराभरा थपिन्छ, खेतीपाती सुध्रिन्छ भने रुखले नयाँ पालुवा निकाल्छ,' उनले भने। हिउँ परेपछि गुरिल्ला मार्ग र जालाकी पैदल मार्गमा चहलपहल बढ्ने उनले बताए । 'अब थबाङ र सुनछहरीदेखि रुकुम पूर्वका तकसेरा र मैकोटसम्म आन्तरिक पर्यटनको गतिविधि बढ्नेछ,' उनले भने ।
हिउँ परेपछि रोल्पा-रुकुमका भेडी गोठाला पनि खुसी छन्। जलजला, होमा र मिरुलको माथिल्लो क्षेत्रमा ५ सयजति भेडा पाल्दै आएका होमा चोयाबाङका महिमान पुनले बताए । रोल्पाका होमा, धबाङ, थबाङ, उवा, सेरम र गाम क्षेत्रमा भेडापालन हुन्छ । भेडापालन र चरनका लागि माथिल्लो रोल्पाका जंगल क्षेत्र सजिला मानिन्छन् । यद्यपि पछिल्लोपटक भेडीगोठालाले अन्य पेसा रोज्दै आएका छन्।
![Snow Covers Upper Rolpa [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img-20250303-wa0025-0332025113115-1000x0.jpg&w=1001&h=0)
![Snow Covers Upper Rolpa [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img-20250303-wa0031-0332025113129-1000x0.jpg&w=1001&h=0)
![Snow Covers Upper Rolpa [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img-20250303-wa0029-0332025113123-1000x0.jpg&w=1001&h=0)
![Snow Covers Upper Rolpa [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img-20250303-wa0021-0332025113110-1000x0.jpg&w=1001&h=0)
![Snow Covers Upper Rolpa [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img-20250303-wa0014-0332025113104-1000x0.jpg&w=1001&h=0)