बेँसी झरेका भेडा गोठाला [तस्बिरहरु]

फाल्गुन १०, २०८१

महेश केसी

Shepherd of the Lost Sheep [Photos]

रुकुम पश्चिम — रुकुम पूर्वका अधिकांशको मुख्य पेसा कृषि हो । यसमा पनि पशुलापन यहाँका बासिन्दाको प्राथमिकतामा पर्छ । यसैमध्येको एक हो, भेडापालन । हिमाली र उच्च पहाडी भेगबाट चिसो छल्न झरेका भेडापालक किसान अहिले बेँसीमा छन् ।

Shepherd of the Lost Sheep [Photos]

रुकुम पूर्वको तकसेराका भेडा गोठाला यतिबेला रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ ठूली दह नजिकै आइपुगेका छन् । कात्तिक अन्तिम साता घरबाट हिँडेका उनीहरु रोल्पाको थबाङ हुँदै नौ बहिनी लेकको बाटो भएर गत पुस पहिलो साता त्यहाँ आइपुगेका हुन् । फागुन अन्तिमतिर यहाँबाट फर्किएर ढोरपाटन आसपासका बुकीमा जान्छन् उनीहरु । भदौसम्म त्यहीँ रहन्छन् अनि असोज–कात्तिकमा चाडबाड मान्न मूलघरमा पुग्ने गोठाला करबहादुर बुढामगर बताउँछन् ।

Shepherd of the Lost Sheep [Photos]

यसरी भेडाका लागि चरण खोज्दै बाह्रैमास गोठालोमै जीवन बिताइरहेका उनीहरुको यो पुर्ख्यौली पेसा भएको करबहादुरको भनाइ छ । अलि पहिले भेडा चराउन प्यूठान अनि दाङ नजिकका पहाडसम्म पुग्ने गोठाला अब भने यतै नजिकका पहाडसम्म आइपुग्छन् । पहिला १०–१२ घरका भेडा ल्याएर मुसिकोट आसपास आउने गरेकामा अहिले घट्दै–घट्दै गएर तीन घरका करिब ६ सय भेडा ल्याएर यहाँसम्म आएको तेजकुमारी बुढाको भनाइ छ ।

Shepherd of the Lost Sheep [Photos]

भेडा व्यवसायबाटै आम्दानी गरेर जीवन गुजारा गरिरहेका गोठालाका अनेकौं सुख–दुःख छन् । एउटा भेडालाई १५ देखि ३० हजारसम्ममा बेच्ने गरेका गोठाला आफ्नो पुर्ख्यौली पेसामा रमाएकै छन् । तर पछिल्लो समय घट्दै गएको चरण क्षेत्रका साथै यसमा पछिल्लो पुस्ताको आकर्षण नहुँदा भेडापालन व्यवसाय संकटमा पर्न थालेको उनीहरुको गुनासो छ ।

Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]
Shepherd of the Lost Sheep [Photos]

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully