We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Agriculture is the main occupation of most of Rukum East. Animal husbandry is also a priority for the residents here. One of these is sheep farming. Sheep rearing farmers who have come down from the Himalayan and high mountain regions to escape the cold are now in Bensi.
रुकुम पूर्वको तकसेराका भेडा गोठाला यतिबेला रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ ठूली दह नजिकै आइपुगेका छन् । कात्तिक अन्तिम साता घरबाट हिँडेका उनीहरु रोल्पाको थबाङ हुँदै नौ बहिनी लेकको बाटो भएर गत पुस पहिलो साता त्यहाँ आइपुगेका हुन् । फागुन अन्तिमतिर यहाँबाट फर्किएर ढोरपाटन आसपासका बुकीमा जान्छन् उनीहरु । भदौसम्म त्यहीँ रहन्छन् अनि असोज–कात्तिकमा चाडबाड मान्न मूलघरमा पुग्ने गोठाला करबहादुर बुढामगर बताउँछन् ।
यसरी भेडाका लागि चरण खोज्दै बाह्रैमास गोठालोमै जीवन बिताइरहेका उनीहरुको यो पुर्ख्यौली पेसा भएको करबहादुरको भनाइ छ । अलि पहिले भेडा चराउन प्यूठान अनि दाङ नजिकका पहाडसम्म पुग्ने गोठाला अब भने यतै नजिकका पहाडसम्म आइपुग्छन् । पहिला १०–१२ घरका भेडा ल्याएर मुसिकोट आसपास आउने गरेकामा अहिले घट्दै–घट्दै गएर तीन घरका करिब ६ सय भेडा ल्याएर यहाँसम्म आएको तेजकुमारी बुढाको भनाइ छ ।
भेडा व्यवसायबाटै आम्दानी गरेर जीवन गुजारा गरिरहेका गोठालाका अनेकौं सुख–दुःख छन् । एउटा भेडालाई १५ देखि ३० हजारसम्ममा बेच्ने गरेका गोठाला आफ्नो पुर्ख्यौली पेसामा रमाएकै छन् । तर पछिल्लो समय घट्दै गएको चरण क्षेत्रका साथै यसमा पछिल्लो पुस्ताको आकर्षण नहुँदा भेडापालन व्यवसाय संकटमा पर्न थालेको उनीहरुको गुनासो छ ।
![Shepherd of the Lost Sheep [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhedi-goth-ka-gothala-photo-story-0811110-rkm-west10-2222025105959-1000x0.jpg&w=1001&h=0)
![Shepherd of the Lost Sheep [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhedi-goth-ka-gothala-photo-story-0811110-rkm-west8-2222025105948-1000x0.jpg&w=1001&h=0)
![Shepherd of the Lost Sheep [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhedi-goth-ka-gothala-photo-story-0811110-rkm-west5-2222025105933-1000x0.jpg&w=1001&h=0)
![Shepherd of the Lost Sheep [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhedi-goth-ka-gothala-photo-story-0811110-rkm-west3-2222025105922-1000x0.jpg&w=1001&h=0)