पाथीभरामा 'नो केवलकार' समूहको पदयात्रा [तस्बिरहरू]

फाल्गुन ८, २०८१

आनन्द गौतम

'No Kewalkar' group marches in Pathibhara [Photos]

ताप्लेजुङ — ताप्लेजुङको पाथीभरामा 'नो केवलकार' समूहले पदयात्रा गरेको छ । ६ फागुनदेखि सुरु गरेको पदयात्राको तेश्रो तथा अन्तिम दिन बिहीबारको पदयात्रामा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङ र संविधानसभा सदस्य राजकुमार नाल्वो लगायत पहिचानवादी नेताहरूले पनि सहभागिता जनाएका छन् ।

'No Kewalkar' group marches in Pathibhara [Photos]

उनीहरूले पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका मागहरूमा ऐक्यबद्धता जनाउँदै पदयात्रा गरे । बिहीबार काफ्लेपाटीबाट पदयात्रामा सहभागी भएका पूर्वउपप्रधानमन्त्री महतोसहितको टोली फेदीसम्म पुगेर फर्किने र काफ्लेपाटीमा कोणसभा हुने पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताए । कोणसभामा पहिचानवादी नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनरत समूहले केबलकार स्टेसन छेउदेखि मन्दिरसम्मै क्षमा पूजा समेत गरिरहेका छन् । यता पाथीभरामा केवलकार निर्माण पक्षले भने निर्माण कार्य रोकेका छैनन् । निर्माण क्षेत्रमा काँडेतार लगाएर काम भइरहेको छ भने वरिपरि प्रहरी खटाइएको छ । निर्माणको काम निरन्तर भइरहेको र आन्दोलनपनि नरोकिएको स्थितिमा सुरक्षालाई मध्यनजर गर्दै यसक्षेत्रमा प्रशासनले ठूलो संख्यामा सशस्त्र र प्रहरी परिचालन गरेको छ ।

'No Kewalkar' group marches in Pathibhara [Photos]
'No Kewalkar' group marches in Pathibhara [Photos]
'No Kewalkar' group marches in Pathibhara [Photos]
'No Kewalkar' group marches in Pathibhara [Photos]
'No Kewalkar' group marches in Pathibhara [Photos]
'No Kewalkar' group marches in Pathibhara [Photos]

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully