काठमाडौँ — काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको छ । बुधबार दिउँसो पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् ।
मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको हो । प्रमुख चौधरीले भने, 'प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा हाम्रो पाइप फुटेको हो । हामीले अब त्यस क्षेत्रमा पानी बन्द गर्दैछौँ ।'
पाइप विस्फोट हुँदा बबरमहलमा सडकसमेत भासिएको छ । सडक डिभिजन, काठमाडौंका साइट इन्जिनियर अर्जुन नेपालले पनि प्राधिकरणले ड्रिलिङ गर्दा नै पाइप फुटेपछि जलमग्न भएको बताए । उनले भने, 'प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो । सडक पनि भासिएको छ । अब प्राधिकरणले त्यो बनाउँछ । जसले बिगारेको हो त्यसैले बनाउने हो ।'
![Babar Mahal flooded after Melamchi water supply project pipe burst [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/babarmahal-paani-3-1222025102710-1000x0.jpg&w=1001&h=0)
![Babar Mahal flooded after Melamchi water supply project pipe burst [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/babarmahal-paani-2-1222025102701-1000x0.jpg&w=1001&h=0)
![Babar Mahal flooded after Melamchi water supply project pipe burst [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/babarmahal-paani-1-1222025102652-1000x0.jpg&w=1001&h=0)