काठमाडौँ — बेलायती राजकुमार एडवार्ड नेपाल आएका छन् । निजी भ्रमणका क्रममा उनी नयाँदिल्ली हुँदै मंगलबार दिउँसो काठमाडौं ओर्लिएका हुन् । एडिनबर्गका ड्युकसमेत रहेका उनी बेलायती राजा चार्ल्स तृतीयका भाइ हुन् ।
उनी आइतबार भारतको मुम्बई ओर्लिएका थिए । दुई दिने भारत भ्रमण सकेपछि उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायतले स्वागत गरेका थिए ।
![British Prince Edward couple in Nepal [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/prince-edward-0422025093328-1000x0.jpg&w=1001&h=0)
![British Prince Edward couple in Nepal [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/prince-edward2-0422025093313-1000x0.jpg&w=1001&h=0)