मौलिक संस्कृतिमा धनी पाल्पा [तस्बिरहरू]

माघ १६, २०८१

माधव अर्याल

Palpa Rich in Original Culture [Photos]

पाल्पा — मौलिक संस्कृति र भेषभूषा प्रदर्शनीसहित पाल्पाको रामपुरमा १३ दिने चौँथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला मंगलबारदेखि सुरु भएको छ । नगरपालिका क्षेत्रमा बसोवास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृतिमा आधारित झाँकी प्रदर्शनी भयो । महोत्सवको वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले उद्‌घाटन गरे ।

Palpa Rich in Original Culture [Photos]

कालीगण्डकी वेशी क्षेत्रको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको हो । महोत्सव सुरु गर्नु अघि आयोजित शोभायात्रामा कालीगण्डकी नदी तटीय क्षेत्रमा बसोवास गर्ने विभन्नि जातजाति र समुदायको संस्कृतिमा आधारित झाँकी प्रर्दशन गरिएको हो । शोभा यात्रामा पञ्चेबाजा, मगर समुदायको मारुनी, कौरा, झ्याउरे, गुरुङ समुदायको घाटु, लामा नाच देखाइएको छ । महोत्सवमा नेवार समुदायको लाखे, ब्राम्हण समाजको लोपन्मुख दशावतार वालन नाच प्रदर्शन गरिएको छ । भुजेल, दरै, कुमाल, ठकुरी, क्षेत्री समुदायले आ–आफ्ना भेषभुषा सहित संस्कृति प्रदर्शन गरेका थिए । झाँकी र्‍यालीमा रामपुर क्षेत्रका संघसंस्था, महिला, आमा समूह, विद्यालयले विभिन्न भेषभूषा, कला, संस्कृति प्रदर्शन गरेका थिए ।

Palpa Rich in Original Culture [Photos]

पछिल्लो समयमा अर्थतन्त्र चलायमान नभएको र किसान, घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै रामपुर सहित कालीगण्डकी उपत्यकाको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए । महोत्सवले कालीगण्डकी नदी तटीय क्षेत्रको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं प्रचार प्रसारसँगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यसाथ मेला सञ्चालन गर्न लागिएको ढकालले बताए ।

Palpa Rich in Original Culture [Photos]

महोत्सवमा ३ सय ५० भन्दा बढी व्यापारिक स्टल रहेको छ । स्थानीय कृषिउपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकतामा राखिएको छ । मगरी, नेवारी, दरै समुदायको मौलिक खानासमेत महोत्सव राखिएको छ । महोत्सवबाट एक करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिइएको महासचिव क्षेत्रीले बताए ।

Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]
Palpa Rich in Original Culture [Photos]

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully