We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
The 13-day Fourth Rampur Festival, Agricultural Exhibition and Trade Fair has started from Tuesday at Rampur in Palpa with an exhibition of original culture and costumes. A tableau exhibition was held based on the original culture of different castes living in the municipal area. Forest and Environment Minister Ain Bahadur Shahi Thakuri inaugurated the festival.
कालीगण्डकी वेशी क्षेत्रको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको हो । महोत्सव सुरु गर्नु अघि आयोजित शोभायात्रामा कालीगण्डकी नदी तटीय क्षेत्रमा बसोवास गर्ने विभन्नि जातजाति र समुदायको संस्कृतिमा आधारित झाँकी प्रर्दशन गरिएको हो । शोभा यात्रामा पञ्चेबाजा, मगर समुदायको मारुनी, कौरा, झ्याउरे, गुरुङ समुदायको घाटु, लामा नाच देखाइएको छ । महोत्सवमा नेवार समुदायको लाखे, ब्राम्हण समाजको लोपन्मुख दशावतार वालन नाच प्रदर्शन गरिएको छ । भुजेल, दरै, कुमाल, ठकुरी, क्षेत्री समुदायले आ–आफ्ना भेषभुषा सहित संस्कृति प्रदर्शन गरेका थिए । झाँकी र्यालीमा रामपुर क्षेत्रका संघसंस्था, महिला, आमा समूह, विद्यालयले विभिन्न भेषभूषा, कला, संस्कृति प्रदर्शन गरेका थिए ।
पछिल्लो समयमा अर्थतन्त्र चलायमान नभएको र किसान, घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै रामपुर सहित कालीगण्डकी उपत्यकाको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए । महोत्सवले कालीगण्डकी नदी तटीय क्षेत्रको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं प्रचार प्रसारसँगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यसाथ मेला सञ्चालन गर्न लागिएको ढकालले बताए ।
महोत्सवमा ३ सय ५० भन्दा बढी व्यापारिक स्टल रहेको छ । स्थानीय कृषिउपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकतामा राखिएको छ । मगरी, नेवारी, दरै समुदायको मौलिक खानासमेत महोत्सव राखिएको छ । महोत्सवबाट एक करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिइएको महासचिव क्षेत्रीले बताए ।
![Palpa Rich in Original Culture [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rampur-mahotsab-16-2912025042925-1000x0.jpg&w=1001&h=0)
![Palpa Rich in Original Culture [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rampur-mahotsab-25-2912025043002-1000x0.jpg&w=1001&h=0)
![Palpa Rich in Original Culture [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rampur-mahotsab-23-2912025042950-1000x0.jpg&w=1001&h=0)
![Palpa Rich in Original Culture [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/rampur-mahotsab-22-2912025042938-1000x0.jpg&w=1001&h=0)