म्याद थपेको थप्यै, कहिले बन्ला त संसद् भवन ?

माघ १६, २०८१

विमल खतिवडा, अंगद ढकाल

In addition to extending the deadline, when will the parliament building be built?

काठमाडौँ — संघीय संसद्को आफ्नै छुट्टै भवन छैन । अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन भाडामा लिएर प्रतिनिधिसभा र राष्ट्रिय सभा चलाइएको छ । सरकारले संसद्का दुवै सदन चलाउन भाडामा लिएको भवनको मात्र वार्षिक १५ करोड रुपैयाँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई भाडा तिर्छ ।

In addition to extending the deadline, when will the parliament building be built?

भाडाको घरबाट आफ्नै भवन सिंहदरबार परिसरमा सर्नका लागि अझै कति समय लाग्ने हो, टुंगो छैन । कारण, सिंहदरबार परिसरमा संसद् भवनको निर्माण गति सुस्त छ । चौथो पटक थपेको म्याद सकिन केही महिना मात्र बाँकी छँदा प्रगति ८४.५ प्रतिशत छ । २०७९ असोज १६ सम्म निर्माण सक्ने भन्दै २०७६ असोज १६ मा यसको ठेक्का भएको थियो । सुरु सम्झौताअनुसार काम नसकिएपछि पहिलोपटक २०७९ चैत ३० सम्म म्याद त थपियो , तर काम सकिएन । सुरु सम्झौताअनुसार काम नसकिएपछि पहिलोपटक २०७९ चैत ३० सम्म म्याद थपियो, निर्माण प्रगति बढ्न सकेन ।

In addition to extending the deadline, when will the parliament building be built?

दोस्रोपटक २०८० वैशाख १ बाट २०८० असोज १९ सम्म काम गर्ने समय दिइयो । तेस्रोपटक २०८० असोज २० देखि सोही वर्षको चैत १९ सम्म म्याद थप गरिए पनि कामको गति बढेन । यो अवधिमा काम नसकिएपछि चौथोपटक २०८० चैत २० देखि ०८१ चैत १८ सम्म एक वर्षका लागि म्याद त थपियो, तर कामको गति हेर्दा उक्त समयभित्र सकिने देखिँदैन ।

In addition to extending the deadline, when will the parliament building be built?

अहिले सिंहदरबार परिसरमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, कमन लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन निर्माण सकेर फिनिसिङको काम हुँदै छ । त्यस्तै पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय समिति, संसद् सचिवालय, चमेना गृह र प्रेस तथा छपाई भवनको पनि निर्माण सकिएर फिनिसिङको काम भइरहेको छ । निर्माण सकिएका भवनमा विद्युत् आपूर्ति, लाइटिङलगायत इन्टेरियरको काम धमाधम भइरहेको छ ।

In addition to extending the deadline, when will the parliament building be built?

संसद् भवन परिसरको अघिल्लो भागमा बगैंचा निर्माणका लागि तयारी भइरहेको छ । त्यसो त निर्माणस्थलमा खासै कामदार देखिँदैनन् । २०८४ सालको प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो संसद् बैठक नयाँ भवनमा हुने सुनाउँदै आएको सरकारले यही गतिमा काम भइरहे संसद् भवनको निर्माण कहिले सकिएला ? नयाँ भवनबाट कहिले संसद् सुरु होला, अझै भन्न सक्ने अवस्था देखिँदैन ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully