बीसहजारी ताल : वनस्पति र वन्यजन्तुको सहअस्तित्व [तस्बिरहरू]

माघ ११, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

Bisahjari Lake: Coexistence of flora and fauna [Photos]

चितवन — चितवन राष्ट्रिय निकुञ्जभित्रको बीसहजारी तालमा वनस्पति र वन्यजन्तुको सहअस्तिस्त नियाल्न पाइन्छ । यहाँ तालको किनारमा गोहीहरू घाम तापिरहेका भेटिन्छन् भने आसपासमा जरायो लगायत वन्यजन्तुहरू चरिरहेका भेटिन्छन् । वरपर विभिन्न प्रजाति चराचुरुङ्गीहरूको चिरबिर सुन्न र देख्न पाइन्छ ।

Bisahjari Lake: Coexistence of flora and fauna [Photos]

हामी तालमा पुग्दा एउटा मगर गोही ताल किनारमा देखियो । नेपालमा घडियाल र मगर गरी दुई प्रजातिका गोही छन् । मगर गोहीको थुतुनो छोटो र फराकिलो हुन्छ । यसले माछाका अतिरिक्त अन्य स-साना जीवलाई आहारा बनाउँछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित जीवमा सूचीकृत गरेको मगर गोहीलाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) को अनुसूची १ मा राखिएको छ । यसमा सूचीकृत जीवको ओसारपसारमा समेत सम्बन्धित देशका आधिकारिक प्रशासन र वैज्ञानिक निकायको अनुमति चाहिन्छ ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully