धनगढी — बाजुराको लेकाली भेगमा बाक्लो हिमपात भएको छ । बिहीबार परेको हिउँले पाण्डुसेन लगायत ठाउँका डाँडाकाँडा र बस्ती सेताम्मे भएका छन् । हिउँ परेपछि चिसो अत्यधिक बढेको छ । कतिपय ठाउँमा विद्यालयको पढाइ पनि प्रभावित भएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिकाको पाण्डुसेन, कुरु, हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन लगायत स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोट, जगन्नाथको गोत्रीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले बताए ।

