Setamya bajura

माघ ३, २०८१

अर्जुन शाह

Setamya bajura

There has been heavy snowfall in the Lekali area of ​​Bajura. Due to the snow that fell on Thursday, the hilltops and settlements of Pandusen and other places were destroyed. After the snowfall, the cold has increased excessively. In some places, school education has also been affected.

Setamya bajura

बाजुराको बुढीनन्दा नगरपालिकाको पाण्डुसेन, कुरु, हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन लगायत स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोट, जगन्नाथको गोत्रीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले बताए ।

Setamya bajura

यसैगरी गौमूलको दहकोट, मानाकोट, बडिमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् । वर्षासँगै हिमपात भएपछि किसानहरू भने खुसी छन् । हिमपातले गहुँलगायत हिउँदे बाली सप्रिने किसानहरूको विश्वास छ ।

Setamya bajura

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully