काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् ।
राष्ट्रपति पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायतका संसद् सचिवालयका अधिकारीहरू पनि सहभागी थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो संसद् बैठक बस्ने लक्ष्यसहित सिंहदरबारमा निर्माण थालिएको संसद् भवन अझै बनिसकेको छैन ।

