Laprak Model Settlement [Photos]

Poush 21, 2081

Laprak Model Settlement [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The integrated model settlement built by the Non-Resident Nepalese Association (NRNA) for the earthquake victims of Laprak in Gorkha is still empty. Citizens have not been able to live in the settlement since its construction due to the mismatch between the number of houses and families.

Laprak Model Settlement [Photos]

२०७२ वैशाख १२ गते अपराह्न छिमेकी गाउॅ बारपाक केन्द्रविन्दू बनाएर आएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो । रमणीय बस्ती ध्वस्तमात्रै गरेन बस्ती मास्तिरको जमिन झनै भास्सिएपछि लाप्राकवासीलाई त्रासमा पार्‍यो । यसै पनि लाप्राक बस्ती मास्तिर ३ दशकअघिको पहिरोले थिलोथिलो बनाएको छ ।

Laprak Model Settlement [Photos]
Laprak Model Settlement [Photos]

लाप्राकवस्ती मास्तिर गुप्सीपाखामा निर्माण गरिएको एकीकृत बस्तीमा भूकम्प प्रभावित लाप्राकीलाई राख्न ५ सय ७३ वटा एकै खालका घर निर्माण गरिएका छन् । गुप्सी २७ सय मिटर उचाइमा पर्छ । हिउँदमा अन्यत्र वर्षा हुँदा यहाँ भने हिमपात हुन्छ ।गणेश हिमालको सामुन्ने रहेकोले एकपटक बाक्लो हिउँ परेपछि पग्लिन करिब महिना दिन लाग्ने गरेको स्थानीय बताउँछन् । नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा निर्माण गरिएको छ । सबै घरमा २ तले ४ कोठे छन् । दुई कोठे घर र शौचालयहरू पनि निर्माण भइनसक्दा परिवारको बसोबास गर्ने तौरतरिका र मौलिकताको तालमेल नमिल्दा लाप्राकी गुप्सीमा बसोबास नगरेको गाउॅपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । गुप्सीपाखा पर्यटकीय केन्द्रका रूपमा परिचित हुन थालेको छ । यहाँ विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरेर होमस्टे र स–साना होटल खुल्दै बन्द हुँदै गर्ने गरेका छन् ।

Laprak Model Settlement [Photos]

Link copied successfully