पाँचथर — यहाँ खेलकुद भन्नेवित्तिकै युवा पुस्ताको पहिलो रोजाइमा पर्छ फुटबल । त्यहीकारण बर्सेनि हुने मेला, उत्सव र पर्व विशेष स्थानीय र राष्ट्रियस्तरका प्रतियोगिताहरूमा खेल हेर्न दर्शकहरूको भीड लाग्ने गर्दछ । फिदिम माविको मैदानमा जारी एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा पनि त्यसैगरी दर्शकहरूको भीड लागिरहेको छ ।
युवा मात्रै होइन, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खेल मैदानमा पुगिरहेका छन् । कोही लौरो टेकेर त कोही छोराछोरी च्यापेर, कमजोर पूर्वाधारका बीच फिदिम मैदानको प्यारापिट भरिभराउ देखिन्छ । नेपालका ए डिभिजिन लिग र विभागीयसँगै भारतसम्मका प्रतिष्ठित फुटबल टिम र ती टिमबाट खेल्ने स्वदेशी विदेशी खेलाडीको कला कौशलले दर्शकलाई लोभ्याइरहेको छ । निर्माणाधीन अवस्थाको फिदिम मैदानमा अहिले बाँस प्रयोग गरेर चार हजार क्षमताका अस्थायी प्यारापिट बनाइएको छ ।
भित्ताको स्थायी प्यारापिटमा थप पन्ध्र सय दर्शक अटाउँछन् । यसबाहेक मैदान देखिने वरपरको जमीन, छेउछाउका घरका छत हुँदै चेपचापबाट चिहाएर हेर्ने दर्शकको संख्या समेत उल्लेख्य छ । प्रतियोगितामा अहिलेसम्म करिब चालीस हजार दर्शकले खेल हेरेको आयोजकले जनाएका छन् । सोमबार हुने फाइनल खेलमा ६ हजार भन्दा धेरै दर्शक आउने अनुमान रहेको आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दिपेन्द्र थापाको भनाइ छ ।गोल्पकपको उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल हुँदैछ ।
![Crowds watching football [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/wah-panchthare-darsak-18-30122024045340-1000x0.jpg&w=1001&h=0)
![Crowds watching football [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/wah-panchthare-darsak-1-30122024045420-1000x0.jpg&w=1001&h=0)
![Crowds watching football [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/wah-panchthare-darsak-8-30122024045412-1000x0.jpg&w=1001&h=0)