तानसेनमा साप्ताहिक सडक मेला [तस्बिरहरु]

पुस १२, २०८१

माधव अर्याल

Weekly Street Fair in Tansen [Photos]

पाल्पा — पाल्पाको तानसेन नगरपालिका–४, मखनटोलमा महिलाद्वारा साप्ताहिक सडक मेला सुरु भएको छ । मेला हरेक साताको शुक्रबार दिउँसो १ बजेदेखि आयोजना हुनेछ । तानसेन-४ र मखनटोल टोल विकास संस्थाको आयोजना तथा सिटिज फोर वमेन (युनोप्स) को सहजीकरणमा महिलाकै अगुवाईमा सञ्चालन भएको हो ।

Weekly Street Fair in Tansen [Photos]

महिलामैत्री सहर बनाउने अवधारणाअनुसार तानसेनको व्यस्त मखनटोल (तेर्सो सडक) मा साप्ताहिक मेला सुरु गरिएको तानसेन-४ का वडाध्यक्ष हेमन्तराज शाक्यले बताए । सडक मेलाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र युनोप्सका कन्ट्री डाइरेक्टर कोमल कार्कीले उद्घाटन गरे । सोही कार्यक्रमअन्तर्गत तानसेन बजारको मुख्य सडक मखनटोललाई महिलामैत्री बनाउने उद्देश्यले काम अघि बढेको नगरप्रमुख श्रेष्ठले बताए । ‘यो समाजका महिलालाई फाइदा हुने गरी नै काम गर्नेछौं,’ उनले भने ।

Weekly Street Fair in Tansen [Photos]
Weekly Street Fair in Tansen [Photos]

युनोप्सका सल्लाहकार सूर्य आचार्यले विकास दिगो बनाउन र जनताको चाहनाअनुसार विकास गर्ने योजना अघि बढेको बताए । काठमाडौंको चन्द्रागिरि, नवलपरासी पश्चिमको सुनवल, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी नगरपालिका र पाल्पाको तानसेन नगरपालिकामा सिटिज फोर वमेन (युनोप्स)को कार्यक्रम लागू भएको उनले बताए ।

Weekly Street Fair in Tansen [Photos]
Weekly Street Fair in Tansen [Photos]

महिलामैत्री सहर बनाउनका लागि सबैको सहयोग आवश्यकता रहने उनले बताए । नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले तानसेनमा पहिलो चरणमा ५ स्थान र थप ४ स्थानमा महिलामैत्री पार्क निर्माणका लागि छलफल चलेको बताइन् । सडक मेलामा स्थानीय खानाका परिकारहरू साप्ताहिक सडक मेलामा रहनेछ । स्थानीय खानाका परिकारहरूका २४ स्टलहरू सहभागी हुनेछन् ।

Weekly Street Fair in Tansen [Photos]
Weekly Street Fair in Tansen [Photos]

महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ वडा नम्बर ४ सँग मिलेर मखनटोल टोल विकास संस्थाले महोत्सवको आयोजना गरेको टोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताइन् । सडक मेलामा स्थानीय खानाका परिकारहरू बटुक, सेल, नेवारी बारा, मिसमास, योमरी, झिनियाँ, चुकाउनीलगायत स्थानीय खानाका स्टलहरू रहेको छ ।

Weekly Street Fair in Tansen [Photos]
Weekly Street Fair in Tansen [Photos]

चिसो मौसममा तातो बारा, सेल, बटुक, कोदोको सेल आकर्षण बनेको थियो । महिलाहरुलाई नै अगुवा बनाई संचालन गरिएकाले आगामी दिनमा यसले सफलता पाउने विश्वास तानसेन नगरपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । बालबालिकालाई खुल्ला रुपमा छाडेर खेल्न दिइएको थियो । साथै महिला उद्यमीले तयार पारेका खानाका परिकारका साथै कोदोको पिठो, बेसार, हस्तकलाका सामग्रीसमेत राखिएको छ ।

Weekly Street Fair in Tansen [Photos]

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully