We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
A weekly street fair has started by women in Tansen Municipality-4, Makhantol, Palpa. The fair will be held every Friday from 1 pm onwards. Tansen-4 and Makhantol were conducted under the leadership of women in the planning of Toll Development Organization and the facilitation of Cities for Women (UNOPS).
महिलामैत्री सहर बनाउने अवधारणाअनुसार तानसेनको व्यस्त मखनटोल (तेर्सो सडक) मा साप्ताहिक मेला सुरु गरिएको तानसेन-४ का वडाध्यक्ष हेमन्तराज शाक्यले बताए । सडक मेलाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र युनोप्सका कन्ट्री डाइरेक्टर कोमल कार्कीले उद्घाटन गरे । सोही कार्यक्रमअन्तर्गत तानसेन बजारको मुख्य सडक मखनटोललाई महिलामैत्री बनाउने उद्देश्यले काम अघि बढेको नगरप्रमुख श्रेष्ठले बताए । ‘यो समाजका महिलालाई फाइदा हुने गरी नै काम गर्नेछौं,’ उनले भने ।
महिलामैत्री सहर बनाउनका लागि सबैको सहयोग आवश्यकता रहने उनले बताए । नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले तानसेनमा पहिलो चरणमा ५ स्थान र थप ४ स्थानमा महिलामैत्री पार्क निर्माणका लागि छलफल चलेको बताइन् । सडक मेलामा स्थानीय खानाका परिकारहरू साप्ताहिक सडक मेलामा रहनेछ । स्थानीय खानाका परिकारहरूका २४ स्टलहरू सहभागी हुनेछन् ।
महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ वडा नम्बर ४ सँग मिलेर मखनटोल टोल विकास संस्थाले महोत्सवको आयोजना गरेको टोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताइन् । सडक मेलामा स्थानीय खानाका परिकारहरू बटुक, सेल, नेवारी बारा, मिसमास, योमरी, झिनियाँ, चुकाउनीलगायत स्थानीय खानाका स्टलहरू रहेको छ ।
चिसो मौसममा तातो बारा, सेल, बटुक, कोदोको सेल आकर्षण बनेको थियो । महिलाहरुलाई नै अगुवा बनाई संचालन गरिएकाले आगामी दिनमा यसले सफलता पाउने विश्वास तानसेन नगरपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । बालबालिकालाई खुल्ला रुपमा छाडेर खेल्न दिइएको थियो । साथै महिला उद्यमीले तयार पारेका खानाका परिकारका साथै कोदोको पिठो, बेसार, हस्तकलाका सामग्रीसमेत राखिएको छ ।
![Weekly Street Fair in Tansen [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/sadak-mela-tansen-11-27122024050104-1000x0.jpg&w=1001&h=0)
![Weekly Street Fair in Tansen [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/sadak-mela-tansen-7-27122024050029-1000x0.jpg&w=1001&h=0)
![Weekly Street Fair in Tansen [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/sadak-mela-tansen-14-27122024050132-1000x0.jpg&w=1001&h=0)
![Weekly Street Fair in Tansen [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/sadak-mela-tansen-1-27122024045953-1000x0.jpg&w=1001&h=0)
![Weekly Street Fair in Tansen [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/sadak-mela-tansen-8-27122024050037-1000x0.jpg&w=1001&h=0)