स्थानीय तह उपनिर्वाचन : यसरी हुँदैछ मतदान [तस्बिरहरू]

मंसिर १६, २०८१

सुवास विडारी, अंगद ढकाल

Local level by-elections: This is how voting is going [Photos]

काठमाडौँ — स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान भइरहेको छ । कतिपय ठाउँमा मतदान केन्द्रहरू सुनसान देखिएका छन् भने कतिपय ठाउँमा भने बिहानैबाट मतदाताको भीड लागेको छ ।

Local level by-elections: This is how voting is going [Photos]

उपनिर्वाचन भएका ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार यो निर्वाचनमा कुल दुई लाख २६ हजार सात सय ९९ जना मतदाता छन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

Local level by-elections: This is how voting is going [Photos]
Local level by-elections: This is how voting is going [Photos]
Local level by-elections: This is how voting is going [Photos]
Local level by-elections: This is how voting is going [Photos]
सप्तरीको डाकनेश्वरीमा मतदान गर्दै महिला । तस्बिर : अवधेशकुमार झा/कान्तिपुर

हेटौँडा उपमहानगरपालिका-१२ मा बिहानै मतदानस्थल पुगेका मतदाता ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully