काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै युथ कंग्रेसका कार्यकर्ताले सिंहदरबारबाहिर प्रदर्शन गरेका छन् । बुधबार दिउँसो युथ कंग्रेसका कार्यकर्ताले सिंहदरबारको दक्षिणी गेटनजिकै प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउसमेत गरेको छ ।
