पोखरा — कास्कीको पोखरा महानगरपालिकासहित पाँचवटै स्थानीय तहमा शुक्रबार बिहान ७ बजेदेखि नै मतदान सुरु भयो । सम्पूर्ण स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भए । मतदान केन्द्रमा बिरामी, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा र किरियापुत्रीले सहजतापूर्वक मत हाल्न पाए । निर्वाचन आयोगको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार दिउँसो ३ बजेसम्म कास्कीमा ५५ प्रतिशत मत खसेको छ ।

