२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

महामन्त्री जितेपछिको खुसीयाली [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाली कांग्रेसइतरका नेता, कार्यकर्तामा समेत छाप छोड्न सफल गगन थापा र विश्वप्रकाश शर्मा १४ औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएपछि कार्यकर्ता, समर्थकहरु उत्साहित बनेका छन् । निर्वाचन परिणाम घोषणापछि बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुवै नेताका समर्थक बधाई दिन तँछाडमछाड गरिरहेका थिए ।

उनीहरुले 'गगन दाइ हाइ हाइ', 'विश्व दाइ हाइ हाइ' जस्ता नारा लगाएका थिए । शर्मालाई कार्यकर्ताले काँधमा बोकेर विजयोत्सव मनाए भने थापालाई कार्यालय नजिकको सडकमा लामबद्ध बसेर बधाई दिँदै गरेको दृश्य रोचक थिए । विजयबाट स्वाभाविक खुसी भए पनि शर्मा र थापा कार्यकर्तामा देखिएको खुसीले झनै प्रफुल्लित भए । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए ।

प्रकाशित : पुस १, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्