एमाले महाधिवेशन : यस्तो छ मतदानस्थलको तयारी

मंसिर १३, २०७८

तस्बिर : हेमन्त श्रेष्ठ

सौराहा, चितवन — एमालेले दसौं महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भने पनि अध्यक्षलगायत केही पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै अन्य पदमा पनि ओलीले आइतबार पेस गरेको सूचीबाहेकबाट उम्मेदवारी परेपछि चुनाव हुने भएको हो । उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको उम्मेदवारी परेको छ । उनीहरू दुवै ओलीको सूचीबाहिरका हुन् ।

यतिबेला उम्मेदवारी दर्ताको काम सकिएको छ । निर्वाचनका लागि एमालेले इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । राम-लक्ष्मण रिमालले बनाएको मेसिन चुनावमा प्रयोग गरिने भएको छ । दसौं महाधिवेशनका लागि एमालेले राम–लक्ष्मण टिमलाई ईभीएमका लागि डेढ महिनाअघि प्रस्ताव गरेको थियो । त्यसपछि उनीहरूले मेसिन बनाउन सुरु गरेका थिए ।राम–लक्ष्मणले हालसम्म मेसिनबाट ९२ वटा चुनाव गरिसकेका छन् । एमालेको महाधिवेशनपछि राप्रपाले राम–लक्ष्मणको मेसिन कुरेर बसेको छ ।

एमाले महाधिवेशन

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully