ढलको धराप : जहाँ खसेका बालक फेला परेनन्

आश्विन ७, २०७८

अंगद ढकाल, दीपक केसी, तस्बिर : अनिस रेग्मी

काठमाडौँ — सुरुका दुई तस्बिर काठमाडौं महानगर–६ र बूढानीलकण्ठ–१२ बीचको मिलनचोक तरकारी बजारमा निर्माणाधीन ढलको ह्युम पाइप भएको ठाउँ हो, जहाँ मंगलबार साँझ खसेर बेपत्ता भएका करिब १०/१२ वर्षका बालक बुधबार बेलुकीसम्म फेला पर्न सकेका छैनन् ।

कपन मिलनचोकमा खुल्लै रहेको ढल।
कपन मिलनचोकमा खुल्लै रहेको ढल।

‘बेस्सरी पानी परेको थियो, खुला ढलले बालक बगाएर बेपत्ता बनायो,’ बूढानीलकण्ठ–१२ का वडाध्यक्ष शम्भु भट्टराईले भने, ‘बुधबार उक्त ढल रहेको क्षेत्र घेराबेरा गरिएको छ । बेपत्ता रहेका १०, ११ र १४ वर्षीय बालकहरु खोजिदिन निवेदन आए पनि ढलमा हराउनेको पहिचान हुन नसकेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ ।

कपन मिलनचोकमा खुल्लै रहेको ढल ।
कपन मिलनचोकमा खुल्लै रहेको ढल ।

‘बालक खसेको ढल निर्माणको काम सिँचाइ विभागको रेखदेखमा हुँदै थियो, वर्षात्को कारण देखाउँदै ठेकेदारले अलपत्र छोडिदिँदा दुर्घटना भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । राजधानीका अधिकांश ठाउँमा ढल, खानेपानीलगायतका निम्ति बनाइएका खाडलहरु धराप बनाएर खुला छाडिएका छन्, जहाँ दुर्घटनाको ठूलो जोखिम छ ।

कपन मिलनचोकमा ढलले क्षतविक्षत सडक ।
कपन मिलनचोकमा ढलले क्षतविक्षत सडक ।

‘केही घण्टा दर्के झरी पर्दैमा काठमाडौंका धेरै ठाउँ जलमग्न हुन्छन् । त्यतिबेला यस्ता धराप झनै देखिँदैनन् । यी धराप (खाडल) हरु त्यत्तिकै अलपत्र छाड्ने ठेकेदार र आयोजनालाई कारबाही गर्नु त परै जाओस्, निर्माण पूरा गराउनसमेत सडक विभाग, सिँचाइ विभाग, स्थानीय तहलगायतले पहल गरेका छैनन् ।

कपन मिलनचोकमा ढलको धराप ।
कपन मिलनचोकमा ढलको धराप ।
दरबारमार्गको फुटपाथमा खुल्लै रहेको ढल ।
दरबारमार्गको फुटपाथमा खुल्लै रहेको ढल ।
थापाथली
थापाथली
थापाथली हाइटमा बीच सडकमै रहेको खाल्डो ।
थापाथली हाइटमा बीच सडकमै रहेको खाल्डो ।
शंखमूलमा नछोपी राखिएको ढल ।
शंखमूलमा नछोपी राखिएको ढल ।
बुद्धनगरमा फुटपाथमा ढलको ढकन नलाउँदा पैदलयात्रीलाई हिँड्नै कठिन हुने गरेको छ ।
बुद्धनगरमा फुटपाथमा ढलको ढकन नलाउँदा पैदलयात्रीलाई हिँड्नै कठिन हुने गरेको छ ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

तस्बिर

Link copied successfully