कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ढलको धराप : जहाँ खसेका बालक फेला परेनन्

तस्बिर : दीपक केसी, तस्बिर : अनिस रेग्मी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — सुरुका दुई तस्बिर काठमाडौं महानगर–६ र बूढानीलकण्ठ–१२ बीचको मिलनचोक तरकारी बजारमा निर्माणाधीन ढलको ह्युम पाइप भएको ठाउँ हो, जहाँ मंगलबार साँझ खसेर बेपत्ता भएका करिब १०/१२ वर्षका बालक बुधबार बेलुकीसम्म फेला पर्न सकेका छैनन् ।

कपन मिलनचोकमा खुल्लै रहेको ढल।

‘बेस्सरी पानी परेको थियो, खुला ढलले बालक बगाएर बेपत्ता बनायो,’ बूढानीलकण्ठ–१२ का वडाध्यक्ष शम्भु भट्टराईले भने, ‘बुधबार उक्त ढल रहेको क्षेत्र घेराबेरा गरिएको छ । बेपत्ता रहेका १०, ११ र १४ वर्षीय बालकहरु खोजिदिन निवेदन आए पनि ढलमा हराउनेको पहिचान हुन नसकेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ ।

कपन मिलनचोकमा खुल्लै रहेको ढल ।

‘बालक खसेको ढल निर्माणको काम सिँचाइ विभागको रेखदेखमा हुँदै थियो, वर्षात्को कारण देखाउँदै ठेकेदारले अलपत्र छोडिदिँदा दुर्घटना भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । राजधानीका अधिकांश ठाउँमा ढल, खानेपानीलगायतका निम्ति बनाइएका खाडलहरु धराप बनाएर खुला छाडिएका छन्, जहाँ दुर्घटनाको ठूलो जोखिम छ ।

कपन मिलनचोकमा ढलले क्षतविक्षत सडक ।

‘केही घण्टा दर्के झरी पर्दैमा काठमाडौंका धेरै ठाउँ जलमग्न हुन्छन् । त्यतिबेला यस्ता धराप झनै देखिँदैनन् । यी धराप (खाडल) हरु त्यत्तिकै अलपत्र छाड्ने ठेकेदार र आयोजनालाई कारबाही गर्नु त परै जाओस्, निर्माण पूरा गराउनसमेत सडक विभाग, सिँचाइ विभाग, स्थानीय तहलगायतले पहल गरेका छैनन् ।

कपन मिलनचोकमा ढलको धराप ।

दरबारमार्गको फुटपाथमा खुल्लै रहेको ढल ।

थापाथली

थापाथली हाइटमा बीच सडकमै रहेको खाल्डो ।

शंखमूलमा नछोपी राखिएको ढल ।

बुद्धनगरमा फुटपाथमा ढलको ढकन नलाउँदा पैदलयात्रीलाई हिँड्नै कठिन हुने गरेको छ ।


प्रकाशित : आश्विन ७, २०७८ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्