काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका छन् । विधानसभाको चुनावअघि उनले पदबाट राजीनामा दिएका हुन् ।
सन् २०२२ डिसेम्बरमा चुनाव हुने कार्यतालिका रहेको छ । गुजरात विधानसभा १ सय ८२ सदस्यीय छ । ६५ वर्षीय रुपाणी सन् २०१७ डिसेम्बरमा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए ।
राज्यपालसँगको भेटपछि मुख्यमन्त्री रुपाणीले राजीनामा दिएको जानकारी सञ्चारकर्मीहरुलाई दिएका थिए । आफूजस्तो सामान्य कार्यकर्तालाई मुख्यमन्त्रीको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएकोमा भारतीय जनता पार्टीलाई धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गनिर्देशनमा आफूले राज्य सरकार सञ्चालन गरेको बताए । उनले अब पार्टी राजनीतिमा सक्रिय हुने पनि बताएका छन् । अर्को वर्षको डिसेम्बरमा हुने विधानसभा चुनाव प्रधानमन्त्री मोदीको नेतृत्वमा लड्ने घोषणा उनले गरेका छन् ।
प्रकाशित : भाद्र २६, २०७८ १६:४५