काठमाडौँ — कोरोना खोप माग गर्दै शिक्षकहरू शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनरत केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिक्षक–कर्मचारीहरू कोरोनाको जोखिममा रहेको भन्दै उनीहरूलाई तत्काल खोप उपलब्ध गराउन माग राखी नेपाल शिक्षक महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो ।

