नारायणगढ — नारायणगढ–मुग्लिन सडकको भोर्लेनजिक सेती दोभानमा आइतबार बिहान देखि पहिरो पन्छाएर बाटो खोल्ने र केही बेरमै फेरि लेदो र ढुंगा बगेर यातायात अवरुद्ध हुने भइरहेको छ । उक्त ठाउँमा शुक्रबार साँझ नै ठूलो पहिरो गएको थियो । त्यसयता उक्त खण्डमा यातायात नियमित गर्न सडक डिभिजन कार्यालयलाई मुस्किल परिरहेको छ । सो स्थानमा खसिरहेको पहिरो र बाटोको अवस्थाका केही तस्बिरहरु :
