साताका ७ तस्बिर

असार ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु ।अविरल वर्षासँगै आएको बाढीले डुबानमा परेको मेलम्ची बजार नियाल्दै सर्वसाधारणहरु । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु हुनुका साथै अझै केही बेपत्ता भइरहेका छन् । मेलम्ची खोला बस्तीमा उर्लिँदा बजार क्षेत्र डुबानमा पर्नुका साथै घर र पुलहरू समेत बगाएको छ । तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुरको इमाडोलस्थित अफल टोलमा २७ फिट अग्लो निलकण्ठ महादेवको मूर्ति बनाउँदै मुर्तिकार रवि शाक्य, उक्त मूर्ति गोसाइँकुण्डको कालिकास्थानमा राखिने भएको छ । मानवकल्याण आध्यात्मिक प्रतिष्ठानद्वारा निर्माण गर्ने लगाइएको यस मूर्ति गोसाइँकुण्ड बाहेक अरु पाँच ठाउँमा पनि राखिने छ । । तस्बिर : बिजु महर्जन

मनाङ सदरमुकाम चामेको घट्टेखोलामा बाढी आएपछि नयाँ बजार क्षेत्रमा फसेका स्थानीयलाई बुधबार फड्के बनाएर उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य: होमनाथ पन्थी
मनाङ सदरमुकाम चामेको घट्टेखोलामा बाढी आएपछि नयाँ बजार क्षेत्रमा फसेका स्थानीयलाई बुधबार फड्के बनाएर उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य: होमनाथ पन्थी
कोटेश्वरमा साइकलमा आफ्नो कला देखाउदै युवा । तस्बिरः इलिट जोशी
कोटेश्वरमा साइकलमा आफ्नो कला देखाउदै युवा । तस्बिरः इलिट जोशी
कुलेश्वर स्थित छाप्रोको छतमा चंगा उडाउने प्रयास गर्दै बालक । तस्बिर : अनिश रेग्मी
कुलेश्वर स्थित छाप्रोको छतमा चंगा उडाउने प्रयास गर्दै बालक । तस्बिर : अनिश रेग्मी
जमेको पानी देखिएको भक्तपुर दरबार परिसर क्षेत्र । तस्बिरः अंगद ढकाल
जमेको पानी देखिएको भक्तपुर दरबार परिसर क्षेत्र । तस्बिरः अंगद ढकाल
सिन्धुलीको कमलामाई नगरपालिका-३ जलकन्या चपौलीमा पञ्चेबाजा सहितको रोपाइँ गरिँदै । तस्बिरहरु :राजकुमार कार्की
सिन्धुलीको कमलामाई नगरपालिका-३ जलकन्या चपौलीमा पञ्चेबाजा सहितको रोपाइँ गरिँदै । तस्बिरहरु :राजकुमार कार्की

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully