२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

निषेधाज्ञाअघि नै घर पुग्‍ने चटारो [तस्बिरहरू]

तस्बिर : अनिस रेग्मी, तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लाग्ने भएपछि बालाजुस्थित नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायत ठाउँमा घर फर्कनेको भीड बढेको छ । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै काठमाडौंमा बस्दै आएकाहरू घर फर्कन थालेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै मंगलबार बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।


प्रकाशित : वैशाख १४, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्