कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानमारको सैनिक ‘कु’ विरुद्ध माइतीघरमा नागरिक प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — बृहत नागरिक समूहले म्यानमारको सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको विषयलाई लिएर सोमबार काठमाडाैंको माइतीघरमा प्रदर्शन गरेको छ ।

सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको विषयमाथि निन्दा गर्दै नागरिक समूहका अगुवाहरुले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताए । उनीहरुले 'म्यानमारमा नागरिक सर्वोच्चता कायम गर', 'हामी म्यानमारी जनाताका साथमा छाैं', 'नागरिक अधिकार कायम गर', 'म्यानमारमा सैनिक कु बन्द गर' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए ।

गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी एनएलडीले स्पष्ट बहमुत प्राप्त गरेको भए पनि चुनावमा धााधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो ।


प्रकाशित : माघ १९, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्