जो अग्रपंक्तिमा अनवरत खटिरहन्छन् [फोटोफिचर]

तस्बिर : केशव थापा

काठमाडौँ — करिब एक वर्षमा नेपालमा कोरोनाका कारण २ लाख ६७ हजार ६ सय ४४ संक्रमित भएको १९ सय ६५ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत वर्ष पुस २८ गते कोरोना संक्रमणको उद्गमस्थल चीनको वुहानबाट आएका पहिलो संक्रमितको उपचार थालिएको थियो ।

अस्पतालमा पहिलो संक्रमित भर्ना गरेपछि शंकास्पद मानिएका ६४ जनाको परीक्षण गर्दा चैत ९ गते दोस्रो संक्रमण पुष्टि भएको थियो । त्यसपछि १० र ११ गते तेस्रो र चौथो संक्रमित फेला परे । चैत १० देखि सरकारले देशव्यापी लकडाउन गर्‍यो । छिमेकी भारतबाट आउने, लकडाउनअघि नै विभिन्न मुलुकबाट भित्रिएकाहरू सरकारी वा घरेलु क्वारेन्टाइनमा नबस्दा संक्रमण फैलियो। काठमाडाैंको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाब परीक्षण गनेदेखि सिकिस्त बिरामीहरुको चाप बढ्दै गयो जुन आजसम्म यथावत छ । यसै अस्पतालमा कोरोनाका बिरामीको उपचारमा २४ सै घण्टा तल्लिन रहेका डाक्टर र स्वास्थकर्मीहरु आईसियु र आइसोलेसनमा काम गर्दै गर्दाका तस्बिरहरु ।


प्रकाशित : माघ ५, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्