१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशीलको पहिलो चरणको प्रदर्शन सकियो [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — संसद् विघटनविरुद्धमा विवेकशील पार्टीले प्रदर्शन गरेको एक महिना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको उक्त कदमलाई संविधानमाथिको प्रहार र लोकतन्त्र मास्ने कदमभन्दै पुस ६ गतेदेखि प्रदर्शन गर्दै आएको छ ।

उक्त पार्टीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध विभिन्न सिर्जनात्मक स्वरूपमा माइतीघर मण्डलमा लगातार प्रदर्शन गर्दै आएको थियो । प्रदर्शन सुरु गरेको एक महिना पुगेकोमा महिनाभरि गरेका उल्लेखनीय गतिविधिहरूलाई पुनः दोहोर्‍याउँदै विरोधको पहिलो चरणको कार्यक्रमको समापन गरेको विवेकशील पार्टीले जनाएको छ ।


प्रकाशित : माघ ५, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्