प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

माघ ३, २०७७

तस्बिर : केशव थापा

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडाैंको माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो । कार्यक्रममा बाेल्दै डा‌‍. गोविन्द केसीले न्यायपालिका अग्नि परीक्षामा रहेकाे र उसले संविधानको रक्षा गर्नुपर्ने बताए । प्रदर्शनकारीहरुले 'प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन ।', 'संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।', दलको झगडामा संविधानको बली चढाउन पाइँदैन ।' लगायतका नारा लेखिएका प्लेकार्डहरु बाेकेर प्रदर्शन गरेका थिए ।

संसद् विघटन

तस्बिर

Link copied successfully