कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पीसीआरको पीडा

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौँ — पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन बुधबार बेलुकी नै गएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा सुतेकाहरु बिहीबार बिहान ३:३० बजे पुग्दा मस्त निद्रामा एउटै ब्ल्याङकेटभित्र ५ जनासम्म भेटिए ।

सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइनमा थिए । अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्न बाध्य छन् ।

एक दिनमा २ सय ८० जनालाई मात्र जाँच गर्दै आएको अस्पतालले अघिल्लो सातादेखि यो संख्या बढाएर ५/६ सय सम्म पुर्‍याएको छ । तैपनि ती सबैको पीसीआर परीक्षण भने हुँदैन, चिकित्सकले सोधपुछ र जाँचका क्रममा ‘आवश्यक पर्ने’ ठानिएका व्यक्तिको मात्र परीक्षण गरिन्छ ।

प्रकाशित : आश्विन ९, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्