काठमाडौँ — पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन बुधबार बेलुकी नै गएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा सुतेकाहरु बिहीबार बिहान ३:३० बजे पुग्दा मस्त निद्रामा एउटै ब्ल्याङकेटभित्र ५ जनासम्म भेटिए ।
सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइनमा थिए । अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्न बाध्य छन् ।

