कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यस्ताे छ पृथ्वी ‘हाइवे’ काे हाल [तस्बिरहरु]

शब्द/तस्बिर : हरिहरसिंह राठाैर

काठमाडौँ — आइतबार रातिदेखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प भएको छ । सडककाे पहिराे पन्छाउन अझै केही समय लाग्न सक्ने अधिकारीहरुले बताएका छन् ।

चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो । खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ । पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । यसैगरी बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।


प्रकाशित : श्रावण ६, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्