प्लेकार्ड र फूल लिएर विरोध प्रदर्शन [तस्बिरहरु]

जेष्ठ ३१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — जेठ २८ गतेबाट युवाहरुले थालेको सरकारविरोधी सडक प्रदर्शन आज पनि जारी छ । आज शनिबार काठमाडौंको माइतीघरमा भएको प्रदर्शन यसअघिका भन्दा अलि फरक देखिएको छ । प्रदर्शनको सुरुमै प्रहरीले एक अभियन्ता ईशान अधिकारलाई पक्राउ गरे पनि आज पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छैन । 

युवाहरुले यो प्रदर्शनमा नाराबाजीको सट्टा प्लेकार्ड प्रयोग गरेका छन् । शनिबारको प्रदर्शनमा त केही युवाहरु प्लेकार्डसँगै फूलसमेत लिएर सडकमा निस्किएका छन् । शनिबार नै संसदबाट नेपालको नयाँ नक्सालाई निसान छापमा समावेश गर्ने प्रस्ताव पारित हुने भएकाले केहीले यसको समर्थन झल्किने प्लेकार्ड पनि बोकेका छन् । मुख्यत: कोरोना नियन्त्रणमा सरकार असक्षम भएको र भ्रष्टाचार भएको भन्ने जनाउने प्लेकार्ड नै प्रदर्शनकारीको हातमा छन् तर केहीले भने कोरोनाले नेपाललाई हराउन सक्दैन भन्ने नारा भएको प्लेकार्ड पनि बोकेका छन् । तस्बिरहरु : इलिट जोशी र संजोग मान्धर

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully