काठमाडौँ — काठमाडौंको न्युरोडमा रहेका अधिकांश पसलहरु आजदेखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णयअनूसार समाजिक दूरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताए ।

