काठमाडाैंकाे न्युराेडका पसल खुल्न थाले [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंको न्युरोडमा रहेका अधिकांश पसलहरु आजदेखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णयअनूसार समाजिक दूरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताए ।

कटुवालले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाइएको समेत जानकारी दिए । व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।

अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको बताए । बिहीबार न्युरोड, असन, टेबहाललागयतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।


प्रकाशित : जेष्ठ २२, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्