सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यहरू धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएका छन् । जस्तो कि, धार्मिक आस्था बोकेको बडिमालिकालाई २१ फागुनको चुनावअघिको सभामा प्रधानमन्त्री वालेन्द्र शाहले ‘स्विट्जरल्यान्डको बाउ’ भनेका थिए ।
What you should know
नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन सक्ने अधिक सम्भावनाको क्षेत्रमध्ये पर्यटन पनि अग्रपंक्तिमा पर्छ । पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहसिक पर्यटनको अधिक सम्भावना छ । सुदूरपश्चिम प्रदेश यस्तै एउटा क्षेत्र हो, जहाँ बडिमालिका, रामारोशन, खप्तड, साइपाल र अपि हिमाललगायत चर्चित गन्तव्य छन् । सामाजिक सञ्जालका पोस्ट तथा सार्वजनिक चर्चाका कारणले ती गन्तव्यमा पर्यटकको आकर्षण बढ्दै गएको पाइन्छ ।
यद्यपि, पर्याप्त पूर्वाधार नहुँदा पर्यटकले जोखिमपूर्ण र कठिन यात्रा गर्नुपरेको छ । कतिपयले बीचमै यात्रा टुंग्याउनुपरेको छ । चर्चित गन्तव्य हुने, त्यहाँ पुग्नका लागि आकर्षण देखिने तर खराब अनुभूतिका साथ फर्किनुपर्ने बाध्यताले पर्यटन उद्योग फस्टाउन सक्दैन । त्यसैले तीनै तहका सरकारले पर्यटकका लागि आधारभूत र अतिरिक्त सुविधाको प्रबन्ध गराउनुपर्छ । पर्यटन जस्तो क्षेत्रमा यथेष्ट लगानी गर्न सकिए प्रशस्तै र नियमित प्रतिफल आउने हुनाले पनि उनीहरूले पर्यटकको सुविधामा लगानी बढाउने कामलाई प्राथमिकता दिनुपर्छ ।
सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यहरू धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएका छन् । जस्तो कि, धार्मिक आस्था बोकेको बडिमालिकालाई २१ फागुनको चुनावअघिको सभामा प्रधानमन्त्री वालेन्द्र शाहले ‘स्विट्जरल्यान्डको बाउ’ भनेका थिए । रामारोशन ‘१२ बन्ड, १८ खण्ड’ का नामले परिचित छ, जहाँ १२ ताल र १८ वटा विशाल मैदान छन् । खप्तडलाई त अनौपचारिक तरिकाले नेपालको ‘भू–स्वर्ग’ का रूपमा चिनिन्छ ।
सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यहरू धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएका छन् । जस्तो कि, धार्मिक आस्था बोकेको बडिमालिकालाई २१ फागुनको चुनावअघिको सभामा प्रधानमन्त्री वालेन्द्र शाहले ‘स्विट्जरल्यान्डको बाउ’ भनेका थिए । साइपालमा अनुपम प्राकृतिक सौन्दर्य र जैविक विविधताको आनन्द लिन सकिन्छ । सुदूरपश्चिमकै अग्लो अपि हिमाल र त्यसको आधार क्षेत्र उत्तिकै मनोरम छ । प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमा अपि हिमालको बेसक्याम्पमा क्रिकेट खेल्दै गरेको छोटो भिडियो पोस्ट गरेपछि पहिल्यै चर्चित यसको चर्चा थप चुलिएको छ । यी मुख्य गन्तव्यका अतिरिक्त पनि सुदूरपश्चिम क्षेत्रमा धेरै पर्यटकीय स्थलहरू छन्, जसको चर्चा सामाजिक सञ्जाल वा मौखिक/लिखित ढंगबाट हुँदै आएको छ ।
तथ्यांकले पछिल्ला वर्षमा यी गन्तव्यमा पुग्ने पर्यटकको संख्या बढेको देखिन्छ । जस्तो कि, अपि हिमाल बेसक्याम्पसम्म मात्रै ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको दार्चुलाको अपि हिमाल गाउँपालिकाको तथ्यांक छ । कोरोना महामारीअघिसम्म वार्षिक एक/डेढ सय पर्यटक पुग्ने साइपाल क्षेत्रमा अहिले महिनामै तीन/चार सयसम्म पुग्ने गरेको साइपाल गाउँपालिकाको तथ्यांक छ । २०६९/७० देखि २०७४/७५ सम्म वर्षमा १९ देखि ४६ जना पर्यटक पुग्ने खप्तड निकुञ्जमा २०७५ यता प्रत्येक वर्ष ३ हजार हाराहारी पर्यटक पुगेका छन् ।
पर्यटकको संख्या बढ्दै जाने हो भने देशको अर्थतन्त्रलाई त प्रत्यक्ष/अप्रत्यक्ष लाभ पुग्छ नै, स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ । स्थानीय व्यापार व्यवसाय बढाउँछ । स्थानीयले सेवादेखि स्थानीय उत्पादन बिक्री गर्ने अवसर पाउँछन् । कोदो, फापर, सिस्नो, मह तथा जडीबुटीको व्यापार बढ्न सक्छ । बहुपक्षीय रोजगारीको अवसर सिर्जना हुन्छ । स्थानीय संस्कृतिको आदानप्रदान र प्रचार हुन्छ । समग्रमा स्थानीयवासीको आर्थिक लाभको अवसर बढ्नेछ । स्थानीय सरकार पनि सम्पन्न हुन सक्छ ।
तर सुदूरपश्चिमका चर्चित गन्तव्यमा जाँदै गरेका वा गइसकेका प्रायः पर्यटकको गुनासो उस्तै हुने गर्छ– पूर्वाधारको अभाव । पर्यटकीय गन्तव्य प्रशस्तै भए पनि त्यहाँ पुग्ने पर्यटकलाई सजिलो भने छैन । गत असारमा साइपाल हिमालको दक्षिणी बेसक्याम्प, औलागाड, पश्चिमी बेसक्याम्प राइढुगी हुँदै हिमालले घेरेको माजा उपत्यका पुग्ने लक्ष्य राखेको पर्यटकको एक टोली राइढुगीबाट गडुल हिमालतर्फ जाने साँघुरो गोरेटो केहीबेरसम्म पछ्याएपछि फर्किन बाध्य भयो । किनकि, एउटा पाइला अड्याउन मिल्ने साँघुरो गोरेटो, दुवैतिर भीर र बीचमा झाडीको जोखिम मोल्न टोली तयार भएन । प्रायः गन्तव्यमा पुग्ने क्रममा पदमार्ग, आवास, खानेपानी, शौचालय, सञ्चार, सडक, आवास र अन्य आधारभूत पूर्वाधारको अभाव खेप्नुपर्छ । जसले गर्दा यात्रामा सास्ती, जोखिम र अनिश्चय बढाउँछ । एक पटक गन्तव्यमा पुगेको पर्यटक पुनः फर्केर नजाने वा उसले आफ्नो चिनजानका मानिसलाई नजान प्रेरित गर्ने सम्भावना हुन्छ । त्यस्तो अवस्था पर्यटन क्षेत्रका लागि प्रत्युत्पादक हुन्छ ।
पर्यटकको संख्या बढ्दै गएका क्षेत्रमा व्यवस्थित पदमार्ग, सूचना बोर्ड, विश्रामस्थल, उद्धार बिन्दु र पर्यटक सूचना केन्द्रजस्ता पूर्वाधार आवश्यक पर्छन् । त्यस्तै, तालिमप्राप्त गाइड, भरिया, विदेशी पर्यटकका लागि ट्रेकिङ नक्सा, डिजिटल मार्गदर्शन, मौसम सूचना र आपत्कालीन सम्पर्क प्रणाली पनि चाहिन्छ । व्यवस्थित सडक बनाउन सक्दा राम्रो हो, विकल्पमा सुरक्षित पदमार्ग बनाउन सकिन्छ । दुर्गम क्षेत्रमा त सुरक्षित आवास पनि महत्त्वपूर्ण पक्ष हो । तर नेपालका प्रायः गन्तव्यमा निजी होटल वा सरकारी/सामुदायिक विश्रामस्थल छैनन् । जसले गर्दा पर्यटकले सुरक्षा जोखिम बेहोर्नुपर्छ ।
यसर्थ, तीनै तहका सरकार वा सामुदायिक पहलमा विश्रामस्थल वा आवासगृह बनाउनुपर्छ । कतिपय ठाउँमा त्यस्ता आवासगृह बनाउन पहल भएका, निर्माणाधीन रहेका वा निर्माण भएर पनि प्रयोग नभएका पनि छन् । बन्न बाँकीलाई बनाइहाल्नुपर्छ । प्रयोगमा ल्याइहाल्नुपर्छ । व्यवस्थित होटल हुन सके राम्रो हुन्छ । विकल्पमा ‘होम स्टे’ सञ्चालनका लागि प्रेरित गर्न सकिन्छ । दुर्गममा त बाढीपहिरोको पनि जोखिम हुन्छ । त्यसैले नियमित मर्मत सम्भार गरिनुपर्छ । पुल बनाइनुपर्छ । यस्ता लगानीले आम्दानी बढाउने र जीवनस्तर सुधार्ने भएकाले पनि सरकारको प्राथमिकतामा पर्नुपर्छ ।
