पुँजीगत खर्चमा सुधार कसरी ?

नेपालमा प्रशासनिक खर्च बढेको छ, विकासमा पुँजीगत खर्च गर्ने क्षमता खुम्चिएको छ । पुँजीगत विनियोजन पनि सही लयमा खर्च हुन सकेको छैन । बजेटको ४० देखि ६० प्रतिशत हिस्सा आर्थिक वर्षको अन्तिम दुई महिनामा मात्रै खर्च हुने प्रवृत्ति दशकौंदेखि संस्थागत ‘दीर्घरोग’ बनेको छ।

चैत्र ११, २०८२

कुवेर नेपाली (रनपहेली)

How to improve capital expenditure?

What you should know

नेपालमा पूर्वाधार लगानी र आवश्यकताबीचको अभाव पूर्ति गर्न जीडीपीको ८ देखि १२ प्रतिशतसम्म वार्षिक लगानी गर्नुपर्ने हुन्छ । सहरी क्षेत्रमा प्रतिव्यक्ति ९३ अमेरिकी डलर खर्च पर्नेमा हाल करिब ४७ मात्र भइरहेको छ । सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य प्राप्तका लागि लगानी बढाएर वार्षिक १० देखि १५ प्रतिशत पुर्‍याउनुपर्ने विश्व बैंकको प्रतिवेदनले औंल्याएको छ ।

पुँजीगत खर्च भन्नाले सरकारले भौतिक पूर्वाधार निर्माण, स्थायी सम्पत्तिको सिर्जना र पुँजी निर्माणका लागि गर्ने लगानीलाई जनाउँछ । यस प्रकारको खर्चले देशको उत्पादन क्षमता बढाउन र भविष्यमा आम्दानी वा प्रतिफल प्राप्त गर्न मद्दत गर्छ ।नेपालको १६ औं योजना र ‘सहज रूपान्तरण रणनीति’ ले उत्पादन क्षमता बढाउन र वैदेशिक व्यापारमा आउन सक्ने चुनौती सामना गर्न पूर्वाधारमा सार्वजनिक–निजी दुवै क्षेत्रको साझेदारीमा जोड दिएको छ । यातायात, ऊर्जा, सूचना प्रविधि र सहरी पूर्वाधारमा केन्द्रित लगानी चाहिएको छ ।

चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ, जसको २०.८ प्रतिशत मात्र पुँजीगत बजेट छ– ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ । फागुन २० सम्ममा जम्मा १८.७५ प्रतिशत मात्र कार्यान्वयनमा आएको देखिन्छ । १४ खर्ब ८० अर्बको लक्ष्यमध्ये ४८.४१ प्रतिशत (७ खर्ब १६ अर्ब) मात्र राजस्व उठेको छ ।

पुँजीगत खर्च भन्नाले सरकारले भौतिक पूर्वाधार निर्माण, स्थायी सम्पत्तिको सिर्जना र पुँजी निर्माणका लागि गर्ने लगानीलाई जनाउँछ । यस प्रकारको खर्चले देशको उत्पादन क्षमता बढाउन र भविष्यमा आम्दानी वा प्रतिफल प्राप्त गर्न मद्दत गर्छ । 

विकासोन्मुख देशमा द्रुत आर्थिक वृद्धिका लागि बढ्दो सार्वजनिक खर्च आवश्यक मानिन्छ । अल्प–उपयोगको अवस्थामा विशाल र विविध स्रोतहरू हुन्छन् । कमजोर पूर्वाधार, प्राविधिक ज्ञानको अभाव, बढ्दो जनसंख्या र सबैभन्दा मुख्य कुरा पुँजीको कमी हुन्छ । पुँजी निर्माण र पुँजीको अभाव हटाउनु रणनीतिक महत्त्वको विषय हो । नेपालमा पुँजीगत खर्च कम हुनुमा कर्मचारीतन्त्रको ढिलासुस्ती, सार्वजनिक खरिद प्रक्रियाको जटिलता र आयोजनाहरूको पूर्वतयारीमा कमीजस्ता कारण सरकारी अध्ययनहरूले देखाएका छन् । बजेटमा रहेको सानो पुँजीगत हिस्सालाई अधिकतम प्रतिफल दिने गरी खर्च गर्ने सन्दर्भमा यो आलेख तयार पारिएको छ ।

नेपालको सन्दर्भ

सार्वजनिक र सरकारी खर्चलाई सामान्यतया एउटै अर्थमा प्रयोग गरिन्छ । तर, सूक्ष्म रूपमा हेर्दा सार्वजनिकमा सरकारको अतिरिक्त सरकारी स्वामित्वका संस्थानहरू पनि पर्छन् । नेपालमा ‘पुँजीगत प्रकृतिको चालु खर्च’ लाई ‘वित्तीय हस्तान्तरण’ र ‘ससर्त अनुदान’ शीर्षकअन्तर्गत राखिएको हुन्छ ।

सडक मर्मतसम्भारका लागि सडक बोर्डलाई दिने बजेट ‘चालु’ शीर्षकमा भए पनि त्यो पुँजीगत प्रकृतिको मानिन्छ । केन्द्र सरकारको खाताबाट तल्लो तहलाई दिने ‘ससर्त अनुदान’ को ठूलो हिस्सा (करिब ६०–७० प्रतिशत) विकास निर्माणमै खर्च हुन्छ तर ‘चालु खर्च’ का रूपमा देखिन्छ । चालु खर्चको करिब २० प्रतिशतदेखि २५ प्रतिशतसम्मको रकम वास्तवमा पुँजीगत प्रकृतिकै हुन्छ ।

पुँजीगत खर्चको महत्त्व 

नेपालको १५ औं योजनाको आनुपातिक विश्लेषणले पुँजीगत खर्च र विकासका गतिविधिहरूमा हुने लगानीका कारण गरिबी निवारण कार्यमा ३.५५ प्रतिशतसम्मको ठोस योगदान पुग्ने अपेक्षा गरेको छ । पुँजीगत खर्चमा १५ प्रतिशतले वृद्धि गर्दा गरिबी निवारणमा सकारात्मक प्रभाव पार्छ ।

नेपालले अभ्यास गर्दै आएको विस्तारकारी वित्त नीतिको महत्त्वपूर्ण उद्देश्य उल्लेखनीय आर्थिक वृद्धि हासिल गर्नु हो, जसको सबैभन्दा विशेष औजारको सार्वजनिक खर्च रहेको छ ।

खर्चको अन्तरसम्बन्ध

नेपालले अभ्यास गर्दै आएको विस्तारकारी वित्त नीतिको महत्त्वपूर्ण उद्देश्य उल्लेखनीय आर्थिक वृद्धि हासिल गर्नु हो, जसको सबैभन्दा विशेष औजारको सार्वजनिक खर्च रहेको छ ।पुँजीगत खर्चले अर्थतन्त्रमा ‘मल्टिप्लायर इफेक्ट’ सिर्जना गरी उत्पादन र आय बढाउन मद्दत गर्छ । एक प्रतिशत खर्च बढ्दा ०.५८ प्रतिशतको आर्थिक वृद्धि हुनुले सरकारी पुँजीगत खर्च र जीडीपीबीच सकारात्मक र अर्थपूर्ण सम्बन्ध रहेको देखाउँछ । तर, औसत आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा मात्र रहनुले खर्च र उपलब्धिको सम्बन्ध कमजोर देखाउँछ । 

पुँजीगत खर्चको प्रवृत्ति र अर्थतन्त्रमा प्रभाव खर्चको समय र गुणस्तरसँग प्रत्यक्ष जोडिएको हुन्छ । पुस महिनासम्ममा हुने खर्चलाई ‘समयमै भएको खर्च’ मानिन्छ, जसका सकारात्मक प्रभाव छन् । ढुकुटीबाट पैसा बजारमा समयमै पुग्दा बैंकहरूमा लगानीयोग्य रकमको अभाव हुँदैन । सुरुवाती महिनामा खर्च कम हुँदा बजारमा पैसाको अभाव देखिने गर्छ । ‘क्राउडिङ असर’ अर्थात् सरकारले समयमै खर्च गर्दा निजी क्षेत्रमा पनि उत्साह थपिन्छ र निर्माण सामग्रीको माग बढ्छ, जसले आर्थिक गतिविधिलाई चलायमान बनाउँछ । समयमै खर्च हुनुलाई योजनाबद्ध र पूर्वाधारको गुणस्तर सुनिश्चितता पनि मानिन्छ ।

प्रशासनिक खर्च बढेको छ, विकासका लागि पुँजीगत खर्च गर्ने क्षमता खुम्चिएको छ । पुँजीगत विनियोजन पनि सही लय र हिस्सामा खर्च हुन सकेको छैन । बजेटको करिब ४० प्रतिशतदेखि ६० प्रतिशत हिस्सा आर्थिक वर्षको अन्तिम दुई महिनामा मात्र खर्च हुने प्रवृत्ति दशकौंदेखि ‘दीर्घरोग’ का रूपमा संस्थागत हुँदै गएको देखिन्छ । ‘असारे विकास’ भनिने प्रवृत्तिले सिर्जना गरेका सम्पत्तिहरू टिकाउ हुँदैनन् भन्ने मान्यता छ । कागजी प्रक्रिया मात्र मिलाउनेजस्ता काममा वित्तीय अनुशासनको कमी हुन्छ । काम पहिल्यै भई भुक्तानी मात्र ढिला भएर पछि एकै पटक ठूलो रकम बजारमा निस्कँदा मुद्रास्फीति बढ्ने र मौद्रिक सन्तुलन बिग्रनेजस्ता अर्थतन्त्रमा क्षणिक दबाब पर्ने हुन्छ । 

पुसमा खर्च हुनु भनेको मेसिनलाई ‘इन्धन’ जस्तै तर जेठ/असारमा मात्र खर्च हुनु भनेको ‘बाढी’ जस्तै मानिन्छ । तसर्थ प्रत्येक वर्ष कति प्रतिशत खर्च भयो भन्ने मात्र हेरिने मौजुदा मूल्यांकनको प्रणाली बदलेर खर्चको लय र प्रवृत्तिलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।

बजेट फ्रिज प्रणालीको असर 

सरकारले सञ्चित कोषबाहेकका समेत सबै प्रकारका बजेट अनिवार्य फ्रिज हुने प्रणाली अपनाएको छ । वास्तविक खर्च र बाँकी रहेको नगदको स्पष्ट चित्र थाहा हुन्छ । संसद्बाट पुनः स्वीकृति लिनुपर्ने हुनाले विधायिकी नियन्त्रण बलियो हुन्छ र समयमै काम सक्नुपर्ने दबाब रहन्छ ।सरकारले सञ्चित कोषबाहेकका समेत सबै प्रकारका बजेट अनिवार्य फ्रिज हुने प्रणाली अपनाएको छ । वास्तविक खर्च र बाँकी रहेको नगदको स्पष्ट चित्र थाहा हुन्छ । संसद्बाट पुनः स्वीकृति लिनुपर्ने हुनाले विधायिकी नियन्त्रण बलियो हुन्छ र समयमै काम सक्नुपर्ने दबाब रहन्छ । तर, बजेट फ्रिज हुने डरले असारमुखी खर्च बढ्छ साथै बहुवर्षीय आयोजनामा समेत नयाँ बजेट नआउन्जेल काम रोकिन्छ । 

फ्रिज हुने प्रणालीले गर्दा अर्थ मन्त्रालयले ‘स्रोत सहमति’ दिने तर निकासा व्यवस्थापन नहुँदा बजारमा पैसाको चक्र नै रोकिन गई विकासे निकायहरू हतोत्साही हुने अवस्था छ । आगामी बजेटमा अनिवार्य प्रस्ताव गर्ने सर्तसहित स्रोत दिइन्छ । तर, सिलिङ कम हुँदा राष्ट्रिय गौरवका आयोजनासमेत ‘अन्डर फन्डिङ’ छन् ।

पुँजीगत खर्चमा लचकता अपनाई विकास निर्माणका लागि भने अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र केही स्क्यान्डिनेभियन देशहरूले निश्चित प्रतिशत वा सर्तमा क्यारी–ओभर गर्न दिने अभ्यास लोकप्रिय छ । भारतमा ठूला आयोजनाहरूमा ‘अन–अकाउन्ट पेमेन्ट’ को व्यवस्था छ । निश्चित प्रतिशत सकिएर प्रमाणित गरेपछि सिधै ‘लायबिलिटी’ मा जान्छ र अर्को वर्षको पहिलो विनियोजनबाटै तिरिन्छ । प्रशासनिक खर्चहरू प्रायः सबै देशमा फ्रिज हुन्छन् । औद्योगिक मुलुकहरूले मिश्रित प्रणाली अपनाएका छन् ।

पुँजीगत खर्चलाई कम्तीमा २–३ महिनाका लागि केही प्रतिशत मात्र ‘क्यारी ओभर’ गर्न दिने व्यवस्था गर्दा पनि असारे विकास र भुक्तानीको समस्या सम्बोधन हुन सक्छ । राष्ट्रिय गौरवका र ठूला पूर्वाधार आयोजनाको पुँजीगत बजेटलाई मात्र फ्रिज नहुने सूचीमा राख्न सकिन्छ । अर्को, ‘एक्रुअल एकाउन्टिङ’ अपनाई भुक्तानी मात्र बाँकी रहेको रकमलाई फ्रिज नगर्ने, बरु त्यसलाई ‘सिर्जित दायित्व’ मानेर अर्को वर्षको सुरुमै भुक्तानी दिने । ‘भुक्तानीको ग्यारेन्टी’ बन्न नसकेको हालको म.ले.प. फारामको व्यवस्थाले वास्तविक अर्थ पाउनेछ ।

बदलिँदो बजेटिङ प्रणाली 

वार्षिक बजेटलाई मात्र हेर्नुको सट्टा ३ देखि ५ वर्षको योजनामा आधारित ‘लचिलो र नतिजामुखी’ बजेटिङको ट्रेन्ड बढेको छ । नाम मात्रको हालको मध्यकालीन खर्च संरचनाको परिवर्तन हुनुपर्छ । एक वर्षको ‘समय सीमा’ बाट मुक्त गरी आयोजनाको अवधिभरका लागि एकै पटक विनियोजन गर्नेबारेमा बहस सुरु हुनुपर्छ ।

वर्षको अन्त्यमा हुने चाप घटाउने डिजिटल र रियल–टाइम रिपोर्टिङबाट कामको प्रगतिअनुसार तुरुन्त भुक्तानी दिने अन्यत्रको अभ्यास नेपालमा अपनाइनुपर्छ । राजस्व कम उठ्दा विकास बजेट काट्ने नेपालको पुरानो चलनलाई रोक्न ‘कन्टिन्जेन्सी फन्ड’ वा ‘ओभरड्राफ्ट फेसिलिटी’ जस्ता ‘फ्लेक्सिबल’ ट्रेजरीको प्रयोग गरौं ताकि काम भइरहेका आयोजनाको भुक्तानी नरोकियोस् । 

रकमान्तरको बाध्यता 

समस्या रकमान्तर हुनु होइन, १० प्रतिशतभित्र रही रकमान्तर गर्न सक्ने कानुन छ, रकमान्तरको प्रकृतिका कारण यसलाई अनुशासनहीन मानिएको हो । विनियोजन कुशलता बजेट प्रणालीलाई ‘कन्ट्रोल’ बाट ‘म्यानेजमेन्ट’ तिर लैजान कार्यान्वयन गर्ने निकायलाई अधिकार दिनु अनिवार्य छ । तर, हालको जस्तै अर्थ मन्त्रालयले रकमान्तरको जाँतो सधैं बोकिराख्नु जरुरी छैन । रकमान्तर बाधा फुकाउने उपकरण हुन सकेको छैन, यथार्थमा आफैंमा ‘प्रोजेक्ट’ छ ।

लाइन आइटम बजेटको समीक्षा 

विनियोजन कुशलता बजेट प्रणालीलाई ‘कन्ट्रोल’ बाट ‘म्यानेजमेन्ट’ तिर लैजान कार्यान्वयन गर्ने निकायलाई अधिकार दिनु अनिवार्य छ ।सरकारी खर्चमा संसद्को कडा नियन्त्रण आवश्यक ठानिएको १८ औं शताब्दीतिर बेलायतबाट सुरु भएको मानिने ‘लाइन आइटम बजेट’ विकासोन्मुख देशहरूमा अझै पनि मुख्य आधारका रूपमा प्रयोग गरिन्छ । विकसित मुलुकहरूले सन् १९५० पछि कार्यसम्पादन बजेट र कार्यक्रम बजेटमा जोड दिएका छन् । 

‘लाइन आइटम’ लाई आन्तरिक प्रशासनका लागि राखेर नीतिगत तहमा नतिजामुखी बजेट अपनाउँछन् भने कतिपयमा कार्यक्रम बजेटसँग मिश्रित छ । पर्याप्त विनियोजन नहुने र केन्द्रीय नियन्त्रण रहेकाले ‘लाइन आइटम’ अवरोधका रूपमा रहेको छ । एउटा ‘कम्पोनेन्ट’ मा बचत रहेको बजेट सोही प्रोजेक्टमा खर्च गर्न सक्ने अवस्था रहँदैन ।

एकपक्षीय उत्तरदायित्व 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बजेट तर्जुमा, निकासा, खर्च, लेखालगायतको कानुनी आधार हो । खर्च गर्ने पदाधिकारी र निकायको उत्तरदायित्व कडाइका साथ किटान छ । तर, यति एकपक्षीय छ कि विनियोजन तथा रकमान्तर बाध्यात्मक गराउने निकाय तथा पदाधिकारीको उत्तरदायित्व किटान छैन । स्रोत सहमति दिएपछि निकासा दिनुपर्ने जिम्मेवारीप्रति मौन छ । यसले विनियोजन कुशलताको अभ्यासलाई निरुत्साहित त गरेको छ नै, बजेटलाई राजनीतिक मैदानमा खुला गरेको छ । सिर्जित दायित्वको बोध गराउन सकेको छैन भने धेरै होहल्ला गरिएको आयोजनाको प्राथमिकीकरण सम्भव भइरहेको छैन ।

अभ्यास र विरोधाभास

साविकमा बजेटको अख्तियारी विकासे कार्यालयमा मंसिरमा मात्र पुग्ने भएकाले प्रथम चौमासिक उपलब्धिविहीन हुन्थ्यो । तसर्थ जेठ १५ मा आउनैपर्ने गरी संविधानमै लेखियो । यसको अर्थ जेठ १६ देखि नै खर्चको योजना र तयारी गर्न मिल्छ ।

मन्त्रालयगत सूचनागत प्रणाली अर्थात् एलएमबीआईएसमा उल्लेख बजेट नै अख्तियारी मानियो । कागजी कर्म हटाइयो । तर, अर्थ मन्त्रालयकेन्द्रित उक्त प्रणाली र आइटम बजेटका कारण कार्यान्वयन गर्ने मन्त्रालयले एक रुपैयाँको रकमान्तर गर्ने लचकता छैन ।

पर्याप्त पूर्वतयारी हुँदैन भन्ने जताततै उल्लेख छ तर यो भनेको के र कति हो ? ‘डिस्कोर्स’ चलाउनैपर्ने देखिएको छ । छुट्टै कोष वा बजेट शीर्षकबाट जग्गा खरिदसमेतको बजेटरी प्रबन्ध भएका आयोजनालाई मात्र तयार भएको मानिनुपर्छ ।

दातृ निकायहरूले शतप्रतिशत पूर्वतयारी गरेर मात्र ठेक्का निकाल्न दिँदा धेरै वर्ष ठेक्का नै निकाल्न नसकेको अनुभव पनि छ । तसर्थ ८० प्रतिशत वा यस्तै तयारी पूरा भएपछि ठेक्का निकाल्न सुरु गरिएको हो ।

कार्यगत र शैलीगत ‘स्पेस’

दातृ निकायहरूले शतप्रतिशत पूर्वतयारी गरेर मात्र ठेक्का निकाल्न दिँदा धेरै वर्ष ठेक्का नै निकाल्न नसकेको अनुभव पनि छ । तसर्थ ८० प्रतिशत वा यस्तै तयारी पूरा भएपछि ठेक्का निकाल्न सुरु गरिएको हो ।जेठ १५ को संवैधानिक सीमाले वैशाखको सुरुवातदेखि नै अर्थ मन्त्रालय नयाँ बजेटमा व्यस्त हुँदा उत्पादनशील २ महिना रकमान्तर लगभग ठप्प हुन्छ । यसलाई नियमित ‘डेस्क’ वा ‘टास्कफोर्स’ नै बनाएर मात्र सहजीकरण गर्ने हो भने पनि धेरै उपलब्धिमूलक हुन सक्छ । 

सधैं आयोजना प्रमुखको स्थायित्वको कुरा उठेको छ तर अर्थ मन्त्रालयभित्रै बजेट हेर्ने ‘डेस्क’ प्रमुखहरूको स्थायित्व र अभिमुखीकरण पनि अबको नीतिगत विषय भएर आउनुपर्छ । तहगत टिप्पणीका सतपत्रे निर्णय प्रक्रियाबाट ‘कम्युनिकेसन ब्यारियर’ सिर्जना हुने गरेको छ भने अर्थ मन्त्रालय र विकासे अड्डाबीच मनोवैज्ञानिक फासला छँदै छ । ऐन–कानुनले भन्दा कडा बुँदा राखेर मार्गदर्शन र मापदण्ड जारी हुन्छन् । यी विषय अर्थमन्त्रीको प्रत्यक्ष निगरानी हुनुपर्ने तहका छन् ।

नेपालका लागि सबैभन्दा आवश्यक उपकरण हो– आयोजना बैंक र बहुवर्षीय विनियोजनको इमानदार कार्यान्वयन । संसदीय दृष्टिगोचर बाहिर रहेको गैरबजेटरी स्रोत सुनिश्चितता हटाएर बजेटबाटै बहुवर्षीय आयोजनाको स्रोत र नाम तोकिनुपर्छ । आयोजना बैंकलाई केवल एउटा सूची होइन, ‘अध्ययन केन्द्र’ का रूपमा विकास गर्नुपर्छ । यो सुधार त हो तर पूर्वतयारीका लागि आवश्यक ‘परामर्श सेवा’ र ‘अध्ययन’ मा बजेट तथा 

‘नर्म्स’ कम हुँदा आयोजनाहरू सधैं ‘कच्चा’ अवस्थामा रहिरहने भए । यसलाई ‘अनुत्पादक वा फजुल खर्च’ का रूपमा हेर्ने गरिन्छ । पूर्वतयारीमा पैसा बचाउन खोज्दा आयोजनाको जग नै कमजोर हुन पुग्छ । खर्चका रूपमा भन्दा पनि लगानीका रूपमा बुझेर पर्याप्त बजेट र विशेषज्ञ जनशक्ति परिचालन गर्न आवश्यक देखिन्छ ।

कुवेर ईन्जिनियर नेपाली सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुन् ।

Link copied successfully